site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीसँग गएकै दिन प्रचण्डलाई भनेका थियौँ दुई महिनामा फाल्दिन्छौँ : सिटौला
फाइल तस्बि र।

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेकै दिन दुई महिनामा फालिदिने बताएको खुलासा गरेका छन् ।

सरकारको अस्थिरताका कारण बनेका प्रचण्डलाई अब ओलीसँग मिलेर हामी सरकार बनाउँछौँ भनेर हिँडेको सिटौलाले झन्डै त्यही अवधिमा ओलीसँग सहमति भएको बताए । संसदीय मामिला पत्रकार समाजले राष्ट्रियसभाको औचित्यका विषयमा राखेको छलफलका क्रममा सिटौलाले आफू राष्ट्रियसभाको अध्यक्ष बनाउन कर गरेका कारण राष्ट्रियसभा सदस्य लड्न तयार भएको भन्दै गठबन्धन टुटेपछि परिणाम अर्कै भएको बताए ।

"म वीरगञ्जमा हुँदा नै गठबन्धन टुट्दै गरेको थाहा पाउँ । काठमाडौं आएर उपप्रधानमन्त्री समेत रहेका पूर्णबहादुर खड्कालाई गठबन्धन टुट्नेबारे चासो राखे उहाँ कहाँ हुन्छ भन्नुहुन्छ । सोध्न जाउ भनेर प्रचण्डकोमा गयौँ, उहाँले होइन भन्नुभयो," सिटौलाले भने, "उहाँले होइन भनेको कुरा नै भयो । त्यसपछि रमेश लेखक (वतर्मान गृहमन्त्री) र म प्रचण्डकोमा गयौँ र हामी जे भन्छौँ त्यो गर्छौं भनेरै हिँड्यौँ । अब हामी ओलीसँग मिलेर सरकार  बनाउँछौँ, तपाईंलाई दुई महिनामा प्रधानमन्त्रीबाट फालिदिन्छौँ ।"

उनले भनेको करिब त्यही अवधिमा ओलीसँग मिलेर सरकार बनाएको बताए । यो विषय प्रचण्डसँग पनि सोध्न आग्रह गर्दै रातारात केही भएर सरकार परिवर्तनको हल्लाबाट प्रभावित नहुन आग्रह गरे ।

"प्रचण्डले कांग्रेसलाई धोका दिएपछि त्यसै दिनबाट नयाँ सरकारको अभ्यास सुरू भएको हो, रातारात के भयो भन्ने हल्ला बेकार भो हस्ताक्षर कहाँ भयो र कुन समयमा भयो भन्ने प्राविधिक कुरा मात्रै हो," उनले भने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro