site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँदर नियन्त्रण गर्न बजेट विनियोजन
Sarbottam CementSarbottam Cement

संखुवासभा । खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।

नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ । बाँदरले नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतङ्क मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पुर्‍याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको हो । बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्छ । वर्ष दिन पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिन्छ । 

बाँदरसँगै दुम्सी तथा अन्य वन्यजन्तु र पक्षीले पनि किसानको बाली खाइदिने गरेका छन् । स्थानीयवासीले  पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलाले बताए । - रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC