अर्थ व्यवसाय
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला तीनसय रुपैयाँ घटेको हो । महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार सात सय र तेजावी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।
आज बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि स्थिर मूल्यमा कारोबार भएको महासंघले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६ १३:३७
प्रतिक्रिया दिनुहोस्