site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टर्की विद्रोहमा मेरो संलग्नता पुष्टि भए झुन्डिन तयार छु : गुलेन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । टर्कीका राष्ट्रपति रेजेप एर्दोआनलाई अमेरिकामा आत्मनिर्वासनमा रहेका टर्कीका धर्मगुरु फेतुल्ला गुलेनले टर्कीमा हालै भएको असफल सैनिक विद्रोहमा आफ्नो संलग्नता सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाबाट छानबिन गराउन चुनौती दिएका छन् । 
सीएनएन / ग्लोबल पब्लिक स्वायरका लागि फरिद जकारियालाई दिएको अन्तर्वार्तामा गुलेनले भरपर्दो अन्तर्राष्ट्रिय संस्थाद्वारा जाँच गर्दा कथित सैनिक विद्रोहमा आफ्नो संलग्नता पुष्टि भएमा आफू झुन्डिन तयार रहेको पनि बताएका छन् । 
गुलेनले अन्तर्वार्तामा भनेका छन्, ‘त्यहाँ (छानिबनमा) कुनै कुरा भेटियो भने मैले कसैलाई यस (विद्रोह) बारेमा मौखिकरूपमा केही भनेको, कसैसँग फोनमा कुराकानी गरेको वा मलाई लगाइएको आरोपको दस भागको एक भाग पनि सही भएमा म शिर झुकाएर — उनीहरूले लगाएको आरोप सत्य हो । त्यसैले मलाई उनीहरूलाई सुम्पे हुन्छ । मलाई झुन्ड्याइदिए हुन्छ भन्नेछु ’ । 
सन् १९९९ देखि अमेरिकाको पेन्सिल्भेनियामा आत्मनिर्वासनमा रहेका ७७ वर्षीय इमाम गुलेनका समर्थकले ‘हिज्मत’ नामको संस्था सञ्चालन गर्दैआएका छन् । टर्कीका राष्ट्रपति एर्दोआनले पहिलेका सहकर्मी तथा पछि विरोधी बनेका गुलेनमाथि टर्कीलाई अस्थिर बनाउने षड्यन्त्र गर्दै आएको आरोप लगाउने गरेका छन् । गुलेन भने आफू टर्कीमा लोकतन्त्रको पक्षमा रहे पनि हिंसामा विश्वास नगर्ने भन्दै एर्दोआनको दाबी खण्डन गर्दै आएका छन् ।  
यही जुलाई १५ मा भएको असफल सैनिक विद्रोहपछि टर्कीमा व्यापक दमन सुरु भएको छ । इमाम गुलेनले सैनिक विद्रोहबाट हुने सत्ता परिवर्तनलाई आफूले कहिल्यै समर्थन नगरेको र नगर्ने बताउँदै विद्रोहपछिको अवस्थाले विद्रोह नौटंकीमात्र देखिएको टिप्पणी गरेका छन् । सेनाले विद्रोह गर्ने तर विद्रोहलगत्तै हजारौं गैरसैनिक कर्मचारी, न्यायाधीश र पत्रकारमाथि कारबाही हुनुले पनि यो नाटक सिद्ध भएको दृष्टान्त उनले दिएका छन् । उनले सरकारले विपक्षीको सूची पहिल्यै तयार गरेको देखिएको संकेत गरेका छन् ।
हुन पनि २७० सर्व साधारण र २४ विद्रोही मारिएको जुलाई १५ को घटनापछि टर्कीमा १५ हजारभन्दा बढी पक्राउ परेको समाचार छ । तिनमा १७८ जर्नेलसहित १० हजारभन्दा बढी सैनिक रहेका थिए । तीमध्ये ३ हजार जति मुक्त गरिएका छन् । सीएनएनका अनुसार पक्राउ पर्नेमा हजारभन्दा बढी गैरसैनिक नागरिक छन् । यसैगरी  १ हजार ६८४ न्यायाधीश र वकिल छन् भने ९० पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । 
टर्कीमा एकछत्र राज चलाउने मनसुवा राखेर एर्दोआनले केही वर्षदेखि विपक्षीमाथि दमन गर्दै आएका छन् । अहिलेसम्म मूलतः एर्दोआनको शासनले सञ्चारकर्मीलाई तारो बनाएको थियो । यसपटक भने सरकारी कर्मचारी र विशेषगरी न्यायाधीश तथा वकिलहरूतर्पm एर्दोआनको दमन अभियान केन्द्रित भएको देखिएको छ ।
एर्दोआनले सैनिक विद्रोहका लागि पश्चिमा मुलुकहरू र अमेरिकी गुप्तचर संस्थामाथि पनि आरोप लगाउँदै आएका छन् । सैनिक विद्रोह र त्यसपछिको दमनका कारण टर्की युरोपेली युनियनको सदस्य हुने सम्भावना झन् कम भएको टिप्पणी हुन थालेको छ । मध्यपूर्वको सबैभन्दा उदार र सहिष्णु मानिने टर्की एर्दोआनको सत्तारोहणपछि धार्मिक कट्टरपन्थतर्फ ढल्केको मानिन्छ । आतंककारी संगठन इस्लामिक स्टेटलाई सहयोग र समर्थन गरेको आरोप एर्दोआनमाथि लाग्दै आएको छ । उनका आलोचकले एर्दोआनले टर्कीलाई मध्यपूर्वको पाकिस्तान बनाएको भन्दैआएका छन् । आफ्नो अधिनायकवादी हैकम कायम राख्न इस्लामी कट्टरपन्थीहरू सहायक हुने ठहर गरेर एर्दोआनले टर्कीमा लोकतन्त्र चाहनेहरूलाई दमन गर्दैआएको विश्लेषण पश्चिमी विश्लेषकहरूको रहेको छ । अल कायदा, इस्लामी स्टेटजस्ता संगठनलाई उनले आतंककारी भन्न अस्वीकार गर्दैआएको उदाहरण विश्लेषकहरूले दिनेगरेका छन् । दी न्युज विकको मार्च ३१, २०१६ को अंकमा माइकल रुबिन लेख्छन् - टर्कीका ४० जना कूटनयिक र सहयोगी कर्मचारीलाई अपहरण गर्दासमेत उनले इस्लामिक स्टेटलाई आतंककारी भन्न चाहेनन् । 
 
को हुन् गुलेन ?
गुलेनका समर्थकहरू उनलाई धर्म निरपेक्षता र अन्तर्धर्म संवादमा विश्वास गर्ने धर्म गुरु मान्छन् । उनका समर्थकले सञ्चालन गरेको हिज्मत (सेवा) नामक संस्थाले संसारका १०० भन्दा बढी मुलुकमा धर्मनिरपेक्ष सहशिक्षालयहरूलगायत अस्पताल, उद्धार एजेन्सीस्ता कार्य सञ्चालन गरेको सीएनएनले जनाएको छ । उनका समर्थकहरूले टर्कीमा सञ्चार माध्यम र बैंक पनि सञ्चालन गरेका छन् ।
फेतुल्ला गुलेनको जन्म सन् १९३८ मा टर्कीमा भएको हो । धार्मिक शिक्षा पाएपछि गुलेनले इस्लामी धर्म गुरुका रूपमा सार्वजनिक जीवन सुरु गरेका थिए । बिस्तारै उनले इस्लामको उदारीकरण अभियानको नेतृत्व गर्न थाले र हिज्मतको स्थापना गरे । इस्लामलाई उदार, मानवीय र लोकतान्त्रिक, प्रगतिशील र आधुनिक धर्मका रूपमा गुलेनले व्याख्या गरेका छन् । सबै धर्मका बीचमा संवाद र शान्तिपूर्ण सहअस्तित्वको पक्षधर अभियन्ताका रूपमा गुलेनलाई चिन्नेहरू उनको शिक्षा र सेवाको अभियानका प्रशंसक रहेका छन् । इस्लाम र लोकतन्त्रसँगै जान सक्छन् भन्ने उदाहरण पनि गुलेनको अभियानले प्रस्तुत गरेको मानिन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC