site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘पेन्सन दिन पनि विदेशी अनुदान लिनुपर्ने दिन आउँदैछ’
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले निजामति सेवा ऐनमा विचार नपुर्‍याए अवको १८ वर्षपछि कर्मचारीलाई निवृतिभरण (पेन्सन) दिन समेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको अवस्था, चुनौती र संविधानलाई ध्यानमा राखेर निजामति सेवा ऐन नल्याए सरकारले पेन्सन दिन पनि विदेशी अनुदान माग्नुपर्ने दिन आउने उनले बताए ।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री त्रिपाठीले कर्मचारीको समायोजनामा देखिएका त्रुटिलाई समेत सच्याउनुपर्ने बताए । 

Global Ime bank

उनले कर्मचारीको मूल्याङ्कन गर्दा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई पनि हेर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए । मन्त्री त्रिपाठीले काम गर्ने व्यक्ति र नगर्नेलाई समान व्यवहार गर्न नहुने भन्दै सकारात्मक विभेद हुनेगरी विधेयक ल्याउनुपर्ने समेत बताए ।

त्यस्तै विधेयकमा व्यक्तिलाई दण्डीत गर्न सरुवा गर्ने पद्धतिले आयोजना वा संस्था नै दण्डीत हुने अवस्था आउने गरेको भन्दै त्यसलाई कम गर्न समेत विधि समेटिनु पर्ने बताए ।
छललफमा मन्त्री त्रिपाठीले विधेयकमा समितिले यसअघि जुटाएका सहमतिमा संसद र सर्वोच्च अदालत आदेशको ख्याल गर्दै स्विकार गर्ने समेत बताए । 

उनले सँधै एउटै सरकार रहन्छ भन्ने भावनाले विधेयक ल्याउँदा नयाँ सरकार आउने वित्तीकै संशोधन हुने अवस्था आउने गरेको उल्लेख गर्दै कुनैपनि ऐन, विधेयकलाई प्रयोग गर्ने स्थितिमा ल्याउन नहुने बताए ।

मन्त्री त्रिपाठीले कर्मचारीको उमेर हद कहिले ५८ र कहिले ६० बनाइएकोले विधेयक पटक-पटक संशोधन हुनुले संसदको प्रभावकारीतमा माथि प्रश्न उठने भन्दै गहन छलफल आवश्यक रहेको समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC