site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे अफवाह फैलिएपछि शय्याबाट भिडियो सन्देश पठाएका छन् ।

मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा एपेण्डिसाइटिसको शल्यक्रिया पश्चात आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्रीको आठौंपटक डायलाइसिस पनि गरिएको छ ।

बिहीबार भिडियोमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, “म मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएको छु । सबैसँग कुरा गर्न सक्ने भएँ । समाचार हेर्न सक्ने भएँ ।  हिजो मैले १३ औं सार्क सम्मेलन उद्घाटन हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । हेर्न सक्ने भएँ । राष्ट्रपतिज्यूलाई साग उद्घाटन गर्नुभएकोमा अरू सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अघि बढाउन सार्क क्षेत्रका खेलाडीलाई आग्रह गर्न चाहन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी pic.twitter.com/ZNWiXtv0y2

— KP Sharma Oli (@PM_Nepal) December 2, 2019

Global Ime bank

उनले एपेन्डिसाइटिस कसैलाई समय र सूचना दिएर नआउने बताउँदै भनेका छन्, “यो अचानक आइलाग्छ । मलाई अचानक अप्रत्यासित रूपमिा आइलागो । त्यसमा इन्फेक्सन भएछ । त्यसमामत्र इन्फेक्सन सीमित भएको निकालेर फाल्दा हुन्छ । बाहिर पनि सङ्क्रमण फैलियो । त्यसलाई पनि हटाउने पनि पर्‍यो । हप्ता-दश दिन लाग्ने भयो । स्वास्थ्यमा सुधार भएको छ,” उनले स्वास्थ्यमा चासो राख्ने सबैलाई । 

प्रधानमन्त्री ओलीले भिडियोमार्फत दिएको स्वास्थ्य सम्बन्धी जानकारी 

‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । 

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’ 

–केपी शर्मा ओली
प्रधानमन्त्री
(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयू कक्षबाट)

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC