तेक्वान्दोमा आयशाले जितिन् स्वर्ण 

तेक्वान्दोमा आयशाले जितिन् स्वर्ण 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा साक्यले  स्वर्ण पदक जितेकी छिन् ।  आयशाले पुम्सेको २९ वर्ष   माथिको विधामा स्वर्ण जितेकी हुन् । उनले सर्वाधिक ७.९४० अक ल्याउदै स्वर्ण जित्न सफल भएकी हुन् ।  यसै बिधामा श्रीलकाकी सन्ध्या मालीले रजत पदक जितेकी छन् । उनले ७.५५० अक ल्याएकी थिइन् । 

आयशाको यो सागमा दोस्रो म्याडल हो । उनले सन् २०१० को सागमा स्वर्ण जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस
ad