महिला सिनियर काताँमा नेपाललाई स्वर्ण पदक 

महिला सिनियर काताँमा नेपाललाई स्वर्ण पदक 

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिलातर्फको सिनियर टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । 

सोमबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नेपालले महिला तर्फ पदक जित्न सफल भएको हो । 

फाइनलमा नेपालले २४.८८ अंक ल्याएको थियो । उता पाकिस्तानले २३.०३ अंक ल्याएको थियो । 

नेपालकातर्फबाट सरु कार्की निर्मला तामाड् र संगिता मगर रहेकी थिइन् । 

नेपाली टोलीले २४.७४ अंक ल्याएको थियो । श्रीलंकाले २२.५४ अंक ल्याएको थियो । बंगलादेशले २.०८ अंक ल्याएको थियो । त्यस्तै पाकिस्तानले २५.१४ अंक ल्याएको थियो ।

प्रतिकृया दिनुहोस
ad