site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
६ महिना ट्विटर नचलाए अकाउन्ट डिलिट हुने !
Sarbottam CementSarbottam Cement

एजेन्सी । ट्विटरले सबै प्रयोगकर्तालाई आफ्नो अकाउन्टमा बढी सक्रिय नभए अकाउन्ट डिलिट गरिदिने नीति लागु गर्ने भएको छ । त्यसैले ट्विटर धेरै नचलाउनेहरुले अब चाँडै नै अकाउन्ट गुमाउनुपर्ने हुन सक्ने बताइएको हो । मंगलबार मात्र ट्विटरले ६ महिनाभन्दा बढी समयसम्म अकाउन्ट नचलाएमा वा लग–इन नगरेमा अकाउन्ट डिलिट गरिदिने चेतावनी दिएको हो । 

कम्पनीका प्रवक्ताले सीएनएनसँगको कुराकानीमा भने, “हामी अहिले धेरै प्रयोग नगरिएका अनावश्यक अकाउन्टहरु हटाउनमा लागिपरेका छौँ । ट्विटरमा पोस्ट हुने सामग्री प्रयोगकर्ताहरुले विश्वास गर्न सक्ने किसिमका होउन् भन्ने उद्देश्यका साथ विश्वसनीयता र सही जानकारीलाई मात्र स्थान दिन कम्पनीले यस्तो निर्णय गरेको हो । त्यसैले हामी सबैलाई सक्रिय रुपमा ट्विटरमा लग इन हुँदै गर्न प्रोत्साहन गरिरहेका छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नियमित ट्वीट नगरेपनि ट्विटरमा समय बिताउनेहरु भने यस नयाँ नीतिबाट प्रभावित नहुने बताइएको छ । ट्विटरले लग–इन गर्ने प्रयोगकर्ताहरुलाई ‘एक्टिभ युजर’ का रुपमा लिने हुँदा त्यस्ता अकाउन्ट चाहिँ नहटाइने आफ्नो वेबसाइटमार्फत बताएको हो । सार्वजानिक रुपमा कुनै सक्रियता नदेखाए पनि अकाउन्ट खोलिरहनेहरुलाई असर नपर्ने बताइएको छ । कहिलेदेखि यो नीति कार्यान्वयन हुने र कति प्रयोगकर्ता प्रभावित हुनेछन् भन्ने स्पष्ट नभए पनि कम्पनीले अत्यन्तै धेरै अकाउन्टहरु यसमा पर्न सक्ने पत्ता लागेको तर निश्चित सङ्ख्या तत्काल सार्वजनिक नगर्ने बताएको हो । 

सबै अकाउन्टहरु हटाइसक्न महिनौँ लाग्ने कम्पनीको भनाइ छ । यसैबीच मृत प्रयोगकर्ताका अकाउन्टहरुमा चाहिँ कस्तो असर पर्नेछ भन्नेबारेमा ट्विटरका प्रवक्ताले कुनै प्रतिक्रिया दिएनन् । यसमा ट्विटर निरीक्षकहरु विशेषगरी शंकास्पद अकाउन्ट र समस्याजनक गतिविधि प्रस्तुत गर्ने किसिमका अकाउन्टमा पनि केन्द्रित रहने बताएको छ । सीएनएन 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC