site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

बेरुत । सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । 

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षित गरी हवाई
हमला गरेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अब्टरभेटरीले इडलिबको दक्षिणी अल–मालाजा गाउँमा पाँच जनाको मृत्यु भएको तथा पूर्वी साराकेब नगरमा चार जना मारिएको उल्लेख गरेको छ । यी दुबै आक्रमणमा थुप्रै सर्वसाधारण
घाइते भएका छन् भने केहीको अवस्था निकै गम्भीर रहेको छ । 

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले इडलिब क्षेत्र पूर्व अल–कायदा लडाकू आबद्ध विभिन्न समूहले नियन्त्रणमा लिइरहेको बताए । सिरियाको आठ वर्षे गृहयुद्धका क्रममा ठूलो
संख्यामा यहाँ आन्तरिक रुपमा विस्थापित मानिसहरु पनि बसोबास गरिरहेका छन् ।

Global Ime bank

इडलिब क्षेत्र सिरियाली राष्ट्रपति बसार अल-अस्सादप्रति बफादार सिरियाली सेनाका लागि अझै पनि टाउको दुखाईको विषय बनेको छ । इडलिबमा शान्तिपूर्ण तबरबाट समाधान निकाल्न
रुसले गत अगस्टदेखि युद्धविराम पनि गरेको छ । 

तर अब्जरभेटरीको भनाईमा यही नोभेम्बर महिनाको सुरुदेखि हालसम्म रुसी हवाई कारबाहीमा ४८ जना सर्वसाधारणको ज्यान गइसकेको छ । 

सन् २०११ देखि सुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म कम्तीमा तीन लाख ७० हजारको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । - एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC