site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन : स्थानीय तहका उमेदवारलाई निर्वाचन चिह्न प्रदान
SkywellSkywell

काठमाडौं । स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ ।

स्थानीय तहका उमेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । निर्वाचन चिह्न पाएसँगै उमेदवारबाट निर्वाचन प्रचार प्रसार सुरू भएको छ ।

Dabur Nepal
NIC Asia

स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका  वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाको उमेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगका अनुसार,  धरान उपमहानगरपालिकाको प्रमुुखका लागि २३, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उमेदवारी कायम भएको छ । 

हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि  भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro