site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अखिल क्रान्तिकारीमा उमेरहद राख्ने/नराख्ने भन्नेमा चुनाव हुने 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा उमेरहदबारे मतदान हुने भएको छ । उमेरहद राख्ने/नराख्ने भन्नेमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि विभाजित भएपछि निर्वाचनको तयारी गरिएको हो ।

उमेरहदबारे एकमत नहुँदा सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उनको निवास खुमलटारमा अनेरास्ववियु (क्रान्तिकारी)को कार्यालय बैठक बसेको थियो ।

प्रतिनिधिलाई आफ्नो मत राख्ने अधिकार दिन निर्वाचन गरिने उपाध्यक्ष इन्द्र भुसालले जानकारी दिए । “हललाई स्वतन्त्र छोड्दै मत लिने निर्णय भएको छ । उमेरहद राख्ने कि नराख्नेमा निर्वाचन हुने भयो । उमेरहद राख्ने भन्ने भयो भने त्यसको अप्सनमा २८, ३०, ३२ वर्ष राखिनेछ,” उनले बाह्रखरीसित भने ।

निर्वाचनको तयारी गरिएको पनि उनले बताए । उमेरहद लागु भएमा नेतृत्वका धेरै आंकाक्षी बिदा हुने सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro