site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजाज पल्सर एन एस् ४०० जेडको डेलिभर सुरु, यस्तो छ फिचर र मूल्य

काठमाडौं । नेपालमा बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर भनेको छ ।

नाडा अटो सोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको सुरुआत गरिएको कम्पनीले जनाएको छ । अहिलेसम्मकै ठूलो पल्सर एन एस् ४०० जेडले शक्ति, प्रविधि र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको दाबी छ ।

Dabur Nepal
NIC Asia

बजाज पल्सर एन एस् ४०० जेडा ३७३ सिसिको सिगंल–सिलिन्डर मलिक्विड–कुल्ड इन्जिन छ । यसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । ६–स्पीड गियरबक्ससँग जोडिएको बाइकमा स्लिप र असिस्ट क्लच छ । यसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको बताइएको छ ।

ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एन एस् ४०० जेडको डेलिभरी समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाएको खुसी व्यक्त गरे ।

कम्पनीले अहिलेसम्मकै सबैभन्दा एडभान्स पल्सर भनेको पल्सर एन एस् ४०० जेमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोड छन् । स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस् रहेको मोटरसाइकलमा फुल कलर एलसिडि स्क्रिन छ । ब्लुटुथ कनेक्सनको सुविधा रहेको स्क्रिनमा टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य राइड सम्बन्धी जानकारी हेर्न मिल्छ ।

आरामदायी स्प्लिट सिट सेटअप र स्टाइलिस १७–इन्च अलोय ह्वील्स रहेको मोटरसाइकलको इन्धन ट्यांक क्षमता १२ लिटर छ । बजाज पल्सर एन एस् ४०० जेडको मूल्य नेपालमा पाँच लाख ५९ हजार ९०० रुपैयाँ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro