काठमाडौं । नेकपा (माओवादीकेन्द्र) निकट अनेरास्ववियू(क्रान्तिकारी)माउमेरहद लगाउने तयारी गरिएको छ । निर्वाचनमा प्रवेश गर्नुअघि पार्टी हेडक्वार्टरले निर्वाचनका कार्यक्रम सोमबारसम्म स्थगित गरिदिएको छ ।
अब सोमबार पहिलो चरणमा हलमा उमेरहदको विषयमा मतदान गर्ने तयारी गरिएको छ । क्रान्तिकारीमा उमेरहद २८ वर्ष, ३० वर्ष र ३२ वर्ष कुन लगाउने भनेर पनि बहस छ । उमेरहदको विषय पारित भएर आशन्न महाधिवेशनमै लागु हुँदा अध्यक्षका सबै आकांक्षी बिदा हुने देखिन्छ ।
नन्दकिशोर पुनका छोरा दिपेशसहितआकांक्षीहरू एकसाथ अखिलबाट बिदा हुने अध्यक्षका आकांक्षीजीपी मैनालीले जानकारी दिए ।
उनका अनुसार, अध्यक्षका आकांक्षी मात्र नभएर वर्तमान कार्यसमितिका सबै पदाधिकारीले एकसाथ बिदा हुने छन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा भने यसअघि नै ३२ वर्षे उमेरहदलागु भइसकेको छ ।