site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 सेनाका जवानको रहस्मय मृत्यु भएको भन्दै पृथ्वी राजमार्ग अवरुद्ध 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । सेनाका जवान स्थानीय राम कँडेलको रहस्मय मृत्यु भएको भन्दै स्थानीयले  पृथ्वी राजमार्गको मुग्लिङ्ग–काठमाडौं जोड्ने बाटो अवरुद्ध गरेका छन ।  इच्छाकामना गाउँपालिका– ५ का २८ वर्षीय राम कँडेलको अस्थाई प्रहरी पोष्ट फिस्लिङ नजिकैको भीरबाट लडेर मृत्यु भएपछि स्थानीयले बाटो अवरुद्ध गरेका हुन् । 
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर पृथ्वी राजमार्ग  फिस्लिङमा आज १२ बजेदखि स्थानीयले काठमाडौं जोड्ने राजमार्ग अवरुद्ध गरेको मुग्लिन प्रहरीले जनाएको छ ।

गएराति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर बिहान फर्किने क्रममा सार्वजनिक गाडीभित्र कँडेलले  अभद्र व्यवहार गरेपछि उनलाई सँगै रहेका प्रहरी जवान ठाकुर ढकालले अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा राखेका थिए ।  प्रहरी जवान शौचालय गएपछि चौकीबाट भाग्न खोज्दा कँडेलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । 

मृतक कँडेलको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।  मृतक कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । अहिले स्थानीय र प्रहरी प्रशासनबीच छलफल भईरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC