site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेवातालमा डुंगा शयर गर्दै बंगलादेशका राष्ट्रपति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । चार दिनका लागि नेपालको भ्रमणमा आएका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन् । उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन् । विमानस्थलमा उनको स्वागतपछि डुंगा शयर गराइएको हो । 

हमिदको स्वागतका लागि ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ ।

KFC Island Ad
NIC Asia

फेवाताल शयरपछि फिस्टेल लजमा लञ्च ब्रेक हुनेछ । त्यसपछि उनी हेलिकप्टरमा रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन् । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्नेछ ।

रुपाकोटमा उनले एक घण्टा बिताउने कार्यक्रम छ । त्यसपछि उनी आज नै काठमाडौं फर्कनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro