site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्च ब्वाइज पूर्वाञ्चल गोल्डकपको सेमिफाइनमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बिर्तामोड । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा ट्राइब्रेकर ४–२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीका लागि दोस्रो हाफमा गोल भएको थियो । गोलको खाता भने चर्च ब्वाइजले खोलेको हो । दोस्रो हाफको २१ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान सन्तोष न्यौपानेले गोल गरे । 

चर्च ब्वाइजका एलन मगरले मिलाइदिएको लङ पासमा गोर्खा ब्वाइजका गोलरक्षक सुजित गुरुङलाई बिट गर्दै सन्तोष न्यौपानले गोल गरेका हुन् । तर, चर्च ब्वाइजको यो खुसी २ मिनेट टिक्न सकेन । लगत्तै गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले गोल गरेर खेललाई बराबरीमा ल्याए । विपक्षी गोलपोस्ट नजिक पुगेका उनले सहजै गोल गरेका थिए ।

Royal Enfield Island Ad

यसअघि चर्च ब्वाइजले थुप्रै अवसर खेर फालेको थियो । प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका कैलाश बस्नेतको प्रहार गोर्खा ब्वाइजका गोलरक्षक सुजितले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै, दोस्रो हाफको १३औं मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले रित्ता पोस्टमा गोल गर्न सकेनन् भने कप्तान सन्तोषको कर्नर प्रहारमा पाल्साङ लामाको हेड थोरै माथिबाट बाहिरिएको थियो ।

गोर्खा ब्वाइजका दिपक राईले खेलको ३२ औं मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए । विपक्षी गोलरक्षक विनय श्रेष्ठसँगको वान भर्सेज वानमा दिपक गोल गर्न चुकेका थिए ।

निर्धारित समयमा खेलको निर्णय नभएपछि टाइब्रेकर रोजिएको थियो । जसमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो । गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईको प्रहारमात्र गोलमा परिणत भएको थियो भने बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा शुक्रबार त्रिभुवन आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro