site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा मंगलबारबाट दोस्रो कालुराम सुरजमल स्मृति प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ । विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको मंगलबार प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री जीवन घिमिरेले भने,‘‘प्रदेश १ लाई खेलकुदका माध्यमबाट चर्चित बनाउने सरकारको तयारी छ ।’’ घिमिरेले खेलकुदको विकासमा सरकारले ध्यान दिने बताए । बैजनाथपुर रंगशालालाई प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना बनाएको दाबी गर्दै सहिद रंगशालामा रात्रिकालीन खेल गराउन सक्ने गरी काम अघि बढाएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताअन्तर्गत मंगलबार भएका सबै इन्भेटमा विजयी भएका खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मेन्स डबल्सतर्फ सुनसरीका भोजबहादुर गुरुङ र कुसुम मगरको जोडीले विष्णु ढुंगेल र दीपक पोखरेलको जोडीलाई पराजित गरेको छ । झापाका नवीन सिलवाल र चाणक्य पाठकको जोडीले मुनाहाङ राई र आभाष चौधरीको जोडीलाई पराजित गरेको छ ।

त्यस्तै सुनसरीको तुलसी सुवेदी र राजु कटवालको जोडीले मोरङको विनय चौधरी र जोनी जसराजको जोडीलाई पराजित गरेको छ । सिन्धुलीको दीपेन्द्र बस्नेत र कुमार रमौलीको जोडीले सुनसरीका रकम लिम्बू र सुरेश लिम्बूको जोडीलाई पराजित गरेको छ । सुनसरीको रविन सुडेन र प्रकाश राईको जोडीले लोकपु शेर्पा र मन्दीप घलेको जोडीलाई पराजित गरेको छ ।

Global Ime bank

सुरोज खवास र अजय चौधरीको जोडीले शिवकुमार धिमाल र रगेन्द्र साम्बाको जोडीलाई पराजित गरेको छ । विनोद डाँगी र इन्द्र योङहाङको जोडीले आवाज ओढारी र पंकज कुशहवाको जोडीलाई पराजित गरेको छ । 

त्यसैगरी भेट्रान ४५ वर्षमाथिका सबै खेलाडी विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विजयी हुनेहरू किरण प्रधान र योगन्द्र श्रेष्ठको जोडीले विष्णु आचार्य र शम्भु श्रेष्ठको जोडीलाई पराजित गरेको छ । सुदीप श्रेष्ठ र श्री धिमालको जोडीले विष्णु बस्नेत र विष्णु ढुंगेलको जोडीलाई पराजित गरेको छ । पदम धिमाल र भूपाल प्रसाईंको जोडीले मनोज लाखे र राम श्रेष्ठको जोडीलाई पराजित गरेको छ । सुनसरीको श्याम लामा र सुरेश कार्कीको जोडीले मोरङका किरणसिंह बस्नेत र पुष्प शाक्यको जोडीलाई पराजित गरेको छ । 

प्रतियोगिताको उद्घाटनमा प्रदेशसभाका सदस्य शिवनारायण सिंह, कुलबहादुर साम्बालगायतले शुभकामना व्यक्त गरेका थिए । प्रतियोगितामा मास्टर ५५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मेन्स डबल्समा ६५ टिमको सहभागिता छ । प्रतियोगिता कात्तिक ७ गतेसम्म हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC