काठमाडौं । साताको तेसा्रे दिन सेयर बजारमा झिनो सुधार आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दुई अंकको सुधार आएको छ । नेप्से २.४० अंकले बढेर एक हजार एक सय ३४.७९ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेस्क्ट पनि ०.५० अंकले बढेर २ सय ४८.४९ अंकमा पुगेको हो ।
आज बजारमा १५५ कम्पनीका ६ लाख ४५ हजार ४५३ कित्ता सेयर १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसुचक मध्ये ६ समूह उकालो लागे भने बाँकी पाँच समूह ओरालो लागे । यस दिन जीवन बिमा समूह सर्वाधिक १९.०६ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा समूह सर्वाधिक १७.७१ अंकले ओरालो लाग्यो ।
बजारमा नविल बैंकको सेयर कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर एक करोड ३२ लाख २३ हजार ५५ रुपैयाँमा कारोबार भएको हो । यस दिन लक्ष्मि इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक ५.३० प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी एभरेष्ट बैंकका लगानीकर्ता सर्वाधिक ४.९६ प्रतिशत सेयर मूल्य गुमाए ।