site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हराउँदै छ कमल 
Sarbottam CementSarbottam Cement

पोखरा । पोखरा महानगरलाई तालैतालको सहर भनेर चिनिन्छ । यहाँ मात्रै फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास र रुपातालले तालले शहरको चिनारी गर्नाका साथै पोखराको सुन्दरतालाई जोगाइरहेका पनि छन् तर बाँकी छ तालले भने संरक्षणको अभावमा आफ्नो अस्तित्वसमेत गुमाइरहेका छन् । 

उक्त महानगरपालिका–३१ मा रहेको बेगनास ताल पनि एक सुन्दर ताल हो । कुनै बखत तालको बाँधमा रहेको पुरानो खुँदी खोलोमा ढकमम्क फुलेका कमलको फूल पर्यटकलाई लोभ्याउने गन्तव्य बनेको थियो । ताल छेउ बेगनासताल महिला समूहले गरेको कमलको फूलखेतीले त्यहाँ पुग्ने पर्यटकलाई समेत टक्क रोकेर क्यामेरा तेस्याउन बाध्य बनाउँथ्यो  तर पछिल्लो समय सरोकारवाला निकायले  चासो नदिँदा अहिले उक्त फूलको खेती हुनै छाडेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले करीब तीन रोपनी जग्गामा २०६३ सालदेखि  कमलको फूलको खेती गर्‍यौं र संरक्षणमा जुट्यौं तर कसैले पनि हाम्रो कार्यप्रति चासो देखाएनन् ।” बेगनास ताल आमा समूहकी अध्यक्ष दुर्गा अधिकारीले भनिन्,“तालको सुन्दरतासँगै खुँदीखोलामा ढकमक्क फुलेका कमलले जो कोहीलाई आकर्षित गर्नाका साथै आयुर्वेदिक औषधिको रुपमासमेत कमल फूलको गेडाको व्यापार हुने गर्थ्यो ।” 

कमलपित्तका बिरामीले कमलको फूलको गेडा खोज्न आउने र प्रतिगोटा पाँचको दरले बिक्री गरेर समूहले केही आम्दानी गर्ने गरेको उनले बताइन् । अहिले बेगनासतालबाट बढी पानी आउने हुँदा फूल जोगाउन नसकिएको साथै जलकुम्भी पनि अत्याधिक बढेकाले समस्या भएको उनको भनाइ थियो । 

Global Ime bank

“कही कतैबाट आर्थिक सहयोग नभएपछि यसको संरक्षण गर्न गाह्रो भयो।  केही समय पहिले रू छ हजार खर्चेर ताल  सफा गर्‍यौं । पुनः जलकुम्भी र पानीको बहावले कमल मर्न थाल्यो,” अध्यक्ष अधिकारीले भने ।   “हामीले सम्भव भएसम्म वातावरण संरक्षणका लागि सरसफाइसँगै कमलको फूल संरक्षण गर्दै आएका थियौं तर कहीँ कतैबाट हामीलाई साथ मिलेन अब सकेनौं” समूहका सचिव पूजा खतिवडाको भनाइ थियो । 

“सरोकारवाला निकायको मौनताले हामी मात्रै कति खट्ने भन्ने भावना समूहका साथीमा आउन थालेपछि गाह्रो भयो । बेगनासमा कमलको फूल हेर्न पाइन्छ भनेर मान्छेहरु आउँथे” कमलपित्तका लागि यसको औषधि हुन्छ भनेर कमलको जरा, पात र गेडा खोज्न मानिस आउँथे तर अहिले कमल जोगाउन सकिएन ”  उनले भनिन् । 

असारदेखि भदौसम्म कमल फूल्ने समय भए पनि फागुन चैतमा परेको अध्याधिक पानीले कमलको फूल उम्रन नसकेकाले अहिले अलिअलि मात्र देखिएको उनको भनाइ थियो । उक्त ठाउँ बेगनासका महिला समूहलाई संरक्षणका लागि दिने मौखिक रुपमा भनिए पनि लिखित नगरिएकाले संरक्षणविहीन हुन पुगेको बेगनास युवा क्लबका पूर्वअध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए ।

उक्त वडाका वडाध्यक्ष कमल थापाले खुँदी खोलामा उम्रेको कमल फूल संरक्षणका  लागि भनेर वडा कार्यालयमा प्रस्ताव नआएको बताए । “हामी यही ठाउँको विकासका लागि जनप्रतिनिधि भएका हौं । बजेटले भ्याएसम्म राम्रो कामको लागि बजेट नदिने भन्ने कुरै आउँदैन, ” उनले भने,“कमलको फूल खेतीका लागि आवश्यक सहयोग गर्न वडा तयार छ ।” - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC