काठमाडौं । कलाकार दीपकराज गिरीले हरेक कुरालाई राजनीतिक चस्माले हेरेर विश्लेषण नगर्न आग्रह गरेका छन् । चलचित्र ‘छ माया छपक्कै’लाई कम्युनिष्ट विरोधी भन्ने आरोप लागेपछि दीपकले हरेक कुरालाई राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका हुन् ।
केहीले कम्यूनिष्ट बिरोधी, केहीले कांग्रेसलाई ‘माइनस’ गरेको र केहीले ज्ञानेन्द्र शाहीको ‘लाइन’मा हिँडेको आरोप लगाइएको भन्दै उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “हाम्रो मस्तिष्क कतिसम्म राजनीतिक प्रदूषणले ग्रसित भैसकेछ हरेक कुरा राजनीतिक चश्मा ले मात्रै हेर्छौं हामी ।”
“म पनि एउटा दलसँग आस्थाको हिसाबले नजिक छु । तर त्यो निर्वाचनमा मात्रै प्रकट हुन्छ,” उनी अगाडि लेख्छन्, “त्यो मेरो विचारलाइ मैले कहिलै पनि आफ्नो कर्ममा प्रतिबिम्बित हुन् दिएको छैन र भविष्यमा पनि दिन्न ।”
चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि ‘हो मा हो’ मिलाउने भन्दा पनि गलत कुराको विरोध गर्दै ‘झोले नबनौं’ र जनताको पीडालाइ केन्द्रबिन्दुमा राखेर काम गरौं भन्ने रहेको भन्दै उनले यसलाई अन्यथा नबुझ्न उनले आग्रह गरेका छन् ।
“मेरो पृष्ठभूमि एक दलिय वा कुनै ब्यक्तिले शासन गर्नुपर्छ भन्ने लाइनमा छैन र हुँदैन पनि” भन्दै उनले गÞलत नबुझ्न अनुरोध गरेका छन् ।
गत शुक्रबारबाट चलचित्र ‘छ माया छपक्कै’ हलमा प्रदर्शन भइरहेको छ ।