राजनीति
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् । दुई दिवसीय राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ट्विट गर्दै चीन–नेपाल सम्बन्धले थप गतिशीलता प्राप्त गरेको बताएका हुन् ।
“मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ,” उनले भनेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ १४:४०
प्रतिक्रिया दिनुहोस्