site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी दिनमा महानगरलाई अझ स्वच्छ र सुन्दर बनाउन भन्दै ३० बुँदे योजना सार्वजनिक गरेको छ । नगरबासीकोे गुनासोका आधारमा उनीहरूको सुविधाका लागि योजना ल्याइएको कामनपाका अधिकारीहरू बताउँछन् । 
“पछिल्ला दिनमा बढेको धुलो, धुँवासँगै भएको वातावरण प्रदूषणले सर्वसाधारणलाई पुर्याएको असरप्रति हामी गम्भीर भएका हौं,” महानगरका कार्यकारी प्रमुख ईश्वरराज पौडेलले भने, “धुलो–धुँवा नियन्त्रण र अन्य सुधारका लागि हामीले यस्तो योजना ल्याएका हौं ।”

छ महिनामा दशवटा ब्रुमर ल्याइने
काठमाडौं महानगरपालिकाले आगामी छ महिनाभित्रमा दशवटा ब्रुमर खरिद गर्ने योजना बनाएको छ । उक्त ब्रुमरहरू भारत र चीनबाट खरिद गरिने छ । पौडेलले भने, ‘‘ब्रुमर काठमाडौंका भित्री र बाहिरी सडकको धुलो सफा गर्न प्रयोग गरिने छ ।’’ पौडेलका अनुसार एउटा ब्रुमरको मूल्य डेढ करोडदेखि तीन करोड रुपैयाँसम्म पर्छ ।
‘‘आवश्यकताअनुसार के–कति मूल्यका कतिवटा ब्रुमर खरिद गर्नुपर्छ, हामी छलफल गरिरहेका छौं’’, पौडेलले भने, ‘‘आगामी छ महिनामा दशवटा ब्रुमर खरिद गर्ने हाम्रो योजना हो, धुलो सफाइका लागि आवश्यकताअनुसार यसलाई प्रयोग गर्दै लगिने छ ।’’ 
उनले बताएअनुसार, एउटा ब्रुमरमा न्यूनतम दुईजना कामदार संलग्न हुनेछन् । १० वटा ब्रुमरमा २० जनासहित सफाइको सम्पूर्ण काममा महानगरले ६०० देखि ७०० को संख्यामा कामदार परिचालन गर्नेछ । एउटा ब्रुमरले एक दिनमा दश किमि सडक सफा गर्न सक्छ ।  

केही योजना तत्कालै कार्यान्वयन हुने, केहीलाई महिनौं लाग्ने
महानगर प्रमुख पौडेलले महानगरले शुक्रबार जारी गरेका ३० बुँदे योजनाहरूमध्ये केही योजनाहरू तत्कालैबाट कार्यान्वयन हुने र केहीलाई बढीमा तीन महिनासम्म लाग्ने बताए । योजना कार्यान्वयनका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि खरिद प्रक्रियाले केही समय लिने पौडेलले बताए । 
‘‘शाखालगायतका कार्यालयहरूमा योजना कार्यान्वयनका लागि हामीले छलफल गरिसक्यौं’’, पौडेलले भने, ‘‘अब हामी वडास्तरका इन्जिनियरहरूसँग छलफल गर्ने तयारीमा छौं । यसका लागि हामीलाई बढीमा एक महिना लाग्न सक्छ । यसपछि योजना कार्यान्वयनको काम अगाडि बढ्नेछ ।’’ 
‘कार्यान्वयनका लागि के–कस्ता चुनौतीहरू देखिएका छन् ?’ बाह्रखरीको प्रश्नमा पौडेलले भने, ‘‘हामीसँग समन्वय गर्ने निकायको चुनौती हुनसक्छ । यसका लागि बलियो कानूनी प्रक्रियाको खाँचो पर्ने हुनाले यो हलुका विषय होइन । यसमा हामी गम्भीर छौं । कार्यान्वयनको चरणमा जटिलताहरू देखा परे भने छलफलका माध्यमबाट अगाडि बढ्न हामी सकारात्मक छौं ।’’ 
महानगरका योजनाहरू सम्पूर्ण नगरबासीको सुख, समृद्धि र उज्यालो भविष्यसँग जोडिएकाले यसमा सम्पूर्ण नगरबासीको साथ रहने कुरामा महानगर विश्वस्त रहेको पौडेलले बताए । 
‘‘हामीलाई सम्पूर्ण नगरबासीको साथ र सहयोग रहँदै आएको छ’’, पौडेलले भने, ‘‘हामी हाम्रा योजना कार्यान्वयन हुने कुरामा विश्वस्त छौं ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

कर कानुनलाई कार्यान्वयन गरिने
‘‘योजना सार्वजनिक गर्ने नाममा हामीले नगरबासीहरूमा करको मात्रा बढाएका छैनौं’’, प्रमुख पौडेलले भने, ‘‘हामीले विद्यमान कर कानुनलाई कडारूपमा लागु गराउने हो ।’’ त्यसैगरी महानगरले सडक आसपासबाट देखिने घरहरूको रङरोगन गर्नुपर्ने अनिवार्यतालाई पनि अगाडि बढाउने जनाएको छ । यद्यपि उनले घरमा लगाइने रङ कस्तो हुनुपर्ने ? भन्ने कुरा नतोकिएको बताए । 
‘‘हामीले ठ्याक्कै यस्तै खालको रङ लगाउनु पर्छ भनेर तोकेका छैनौं’’, पौडेलले भने, ‘‘जे होस्, सडकबाट देखिने घरहरू फुङ्ग रङ उडेका, झ्याल–ढोकाहरू उप्किएका वा जीर्ण अवस्थामा रहनु भएन । सडकबाट देखिने घरहरू चिटिक्क देखिऊन् भन्ने हाम्रो अभिप्राय हो ।’’ 

घरमा रङ लगाउने खर्च घरधनी स्वयंले व्यहोर्नुपर्ने छ । ‘‘घर चाहिँ करोडौंको बनाउने’’, पौडेलले भने, ‘‘बाहिर रङ लगाउन चाहिँ आनाकानी गर्ने ? रङ लगाए आफ्नो घर त सुन्दर देखिन्छ नै, साथै यसले समग्र शहरलाई नै राम्रो देखाउन मद्दत गर्नेछ ।’’ 

Global Ime bank

फोहोर व्यवस्थापन टोली फोन गरेको आधा घण्टाभित्र
सडेगलेको फोहोरको व्यवस्थापनका लागि महानगरपालिका सक्रिय रूपले लागिपरेको पौडेलले बताए । उनले भने, ‘‘बिहान घाम झुल्किनुअगाडि नै हामीले फोहोर उठाइरहेका छौं ।’’ 
यसैगरी सडकमा मरेका जनावरहरू फेला परे त्यसको व्यवस्थापनका लागि महानगरको सरसफाइ टोलीले सक्रियतापूर्वक काम गरिरहेको बताए । ‘‘महानगरभित्रका कुनै पनि स्थानमा मृत अवस्थामा जनावर फेला परे फोन गरेको आधा घण्टाभित्र फोहोर व्यवस्थापन टोली पुग्ने छ’’ पौडेलले भने । यसरी उठाइएका विभिन्न प्रकारका फोहोरहरू नुवाकोटको ओखरपौवा, सिजाडोल आदि स्थानमा विसर्जन गरिने छ । यसरी फ्याँकिने फोहोरबाट विभिन्न किसिमका मलहरू बनाउन सकिए पनि तत्काल यस्तो योजना नरहेको पौडेलले जानकारी दिए । ‘‘फ्याँकिएको फोहोरबाट कुनै किसिमका मल तथा पुनः प्रयोगजन्य सामग्रीहरू तयार गर्ने योजना तत्कालका लागि हामीसँग छैन, तर हामी यसको दीर्घकालीन योजनाबारे छलफल गर्ने छौं’’ पौडेलले भने । 

बजेट पुग्दो छ
महानगरले आफ्ना योजनाहरू कार्यान्वयन गर्नुका साथै नगर विकासका कामहरू गर्नका लागि बजेटको आवश्यकता नरहेको बताएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा अर्थले काठमाडौं महानगरलाई छुट्याएको ७ अर्ब ७५ करोड बजेट नगर विकासका समग्र कामहरू सञ्चालन गर्नका लागि न्यून नरहेको पौडेलले जानकारी दिए । उनले भने, ‘‘यो बजेट बरु फ्रिज हुने अवस्थामा छ, तर थोरै होइन ।’’ 

बिरुवाहरू विष्णुमती र वाग्मतीबाट रोप्न सुरु गरिने
महानगरको योजनाअन्तर्गत बिरुवाहरू रोप्ने काम सुरुको चरणमा वाग्मती र विष्णुमती किनारबाट थालनी गरिने छ । यसपछि आवश्यकताअनुसार सडक–किनार र पार्कहरूमा पनि वृक्षारोपण कार्य अगाडि बढाइने छ । 

घडेरीबाटै नक्सापास 
अबका दिनमा घडेरीबाटै घरको नक्सापास गर्ने व्यवस्था गरिएको छ । ‘‘सर्वसाधारणको सुविधाका लागि हामीले यस्तो योजना ल्याएका हौं’’ पौडेलले भने । यसले साना मात्रै होइन, ठूला आकारका घर बनाउँदा पनि सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७३  ०१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC