site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 १० सकेण्डमै निम्तियो विपत्तिः हेर्दाहेर्दै घर ढले, रुख उखेलिए
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण  अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार कार्य राम्रोसँग हुन नसकेको अधिकारीहरुले बताएका छन् । त्यसपछिको परकम्पका कारण मानिस झन् त्रसित छन् । भूकम्प ४.३३मा गएको थियो भने पहिलो परकम्प  ४ बजेर ४३ मिनेटमैै गएको पाकिस्तानको सरकारी निकायले जनाएको छ । झेलममा गएको पहिलो परकम्प ३ दशमलब ४ रेक्टर स्केलको भएको जनाइएको छ । २४ घण्टाको अवधीमा अन्य परकम्प पनि जान सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

पाकिस्तानी पत्रिका डनले मृतकको संख्या २३ भएको गएराति जनाएको थियो । एक सय भन्दा बढीको अवस्था गम्भीर भएको र तीन सयभन्दा बढी घाइते भएको मात्रै बताइएको छ । 

मिरपुर क्षेत्रलाई ‘लिटल इङ्गल्याण्ड’ समेत भन्ने गरिएको छ । जहाँ बेलायती शैलीका थुप्रै भव्य भिल्लाहरु छन् । तर ८ देखि १० सेकेण्डको बीचमा गएको भूकम्पले सो क्षेत्रलाई तहसनहस बनाइदिएको छ । मिरपुरलाई बेलायतसँग दाज्नुको कारण हो– सन् १९६० को दशकमा त्यहाँका मानिसलाई बेलायतले आफ्नो उद्योगमा काम गर्न लैजानु । मिरपुर क्षेत्रका करिब ४ लाख ५० हजार मानिसको बेलायतसँगको नाता गाढा मानिन्छ  । धेरैको  पाकिस्तान र बेलायत दुवै देशको नागरिकता  छ । भव्य खालका घर छन् । पाकिस्तानस्थित बेलायती उच्चायोगको कार्यालयले त्यहाँको पछिल्लो अवस्था बारेमा चासो व्यक्त गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्पले सडक चिरिएर खोल्सोजस्तो भएको तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरिएका छन् । भूकम्प त्यति ठूलो नठानिए पनि क्षति हेर्दा भने तर्सिने अवस्था उत्पन्न भएको त्यहाँका मिडियाले जनाएका छन् ।

सो भूकम्पको केन्द्र जमिनभन्दा १० किमी तल रहेको जनाइएको छ । पाकिस्तान नियन्त्रित जम्मु काश्मीरका प्रधानमन्त्री राजा फारुक हैदर गएको सोमबारदेखि काश्मीर सम्बन्धी एक कार्यक्रममा भाग लिन लाहौरमा रहेकोमा भूकम्पलगत्तै फर्केका छन् ।

Global Ime bank

उनले उद्धार कार्यको अनुगमन गरेका छन् । कैयौँ घर ध्वस्त भएका छन्, रुख उखेलिएका छन् मिरपुर क्षेत्रको सडकमा कार नै निल्नेगरी धाँजा फाटेको छ । त्यसैगरी गुड्दागुड्दैका बस पनि ढलेका छन् ।

मिरपुर नजिकै बस्ने ६० वर्षीय मोहम्मद सफदारले भने,”जब हल्लिन थाल्यो म घरमै थिएँ ।  पर्खाल भत्किदै थिए, घरको छाना खस्दै गरेको देखेँ । सिलिङ फ्यान र अन्य सामग्री पनि खस्दै थिए । त्यसपछि  भाग्दै खुला क्षेत्र तर्फ लागे । मैले यस्तो भूकम्प मेरो जीवनकालमा कहिल्यै देखेको थिइनँ ।”

६५ वर्षीय रमजान अहमदको टाउकोमा चोट लागेको छ । नाकबाट रगत आइरहेको छ । उनको घर ढल्दा उनी ७ जनाको परिवारसहित घरमै थिए । भन्छन्, “हामी घाइते भएका छौं । म अस्पताल आउने बाटोमा दर्जनौं घर ढलेको देखें ।”

पाकिस्तान प्रशासित काश्मीरका सूचनामन्त्री मुस्ताक मिनहासले अहिले नै क्षतिको विवरण भन्ने अवस्था नरहेको सिन्ह्वासँगको कुराकानीमा बताएका छन् । मिरपुर क्षेत्रमा अझै पनि थुप्रै मानिस पुरिएका कारण संख्या निकै ठूलो हुन सक्ने बताइएको छ । 

भूकम्पको केन्द्र राजधानी इश्लामाबादबाट ११९ किमी दक्षिण पूर्वको झेलम क्षेत्र हो । सो क्षेत्र मिरपुरमा नै पर्छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले परकम्प गइरहन सक्ने भएकोले सतर्क रहन भनेको छ ।

मिरपुर भारतको नजिकै रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अहिले अमेरिकामा छन् । उनले आफ्नो देशमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् । 

भूकम्पको धक्का पाकिस्तानको इस्लामावाद, पेसावर, रावलपिन्डी र लाहौरमा पनि महसुस गरिएको थियो । सरकारी अधिकारीहरुका अनुसार पाकिस्तान नियन्त्रित काश्मीरको जातला इलाकामा २५० घरमा क्षति पुगेको छ । पाकिस्तानी सेनाले उद्धारको लागि खटिइसकेको जनाएको छ । उता भारत प्रशासित काश्मीरको श्रीनगरका जिल्ला अधिकारी शाहिद चौधरीले ट्विट गर्दै श्रीनगरमा सबै सुरक्षित भएको र जनधनको नोक्सान नभएको जनाएका छन् ।  (डन र एजेन्सीहरुको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC