site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प र खानबीच आज भेटवार्ता हुँदै 
Sarbottam CementSarbottam Cement

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज भेट हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको औपचारिक उद्घाटन हुनुभन्दा एक दिनअघि न्यूयोर्कमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री खानबीच भेट हुन लागेको हो । 

यसअघि जुलाईमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री खानबीच भेट भएको थियो । उक्त भेटका क्रममा भएको वान-अन-वान वार्ताका क्रममा आफूले भारत र पाकिस्तानबीचको ७० वर्ष लामो काश्मीर मामिलामा मध्यस्थता गर्नसक्ने चाहना व्यक्त गरेका थिए । तर, उक्त प्रस्तावको भारतले विरोध गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि राष्ट्रपति ट्रम्पले आइतबार अमेरिकाको टेक्सासको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । मोदी र ट्रम्पले स्थानीय एनआरजी स्टेडियममा गएर भारतीय र अमेरिकी समुदायलाई सम्बोधन गरेका थिए । 

पछिल्लो समय अगस्ट ५ मा भारत सरकारले काश्मीरलाई दिएको संविधानमा रहेको विशेषाधिकार धारा ३७० खारेज गरेपछि पाकिस्तान र भारतबीको सम्बन्ध थप विवादित बनेको हो । हाल काश्मीर क्षेत्रमा व्यापक सेना परिचालन गरिनुका साथै केही नेताहरुलाई नजरबन्दमा राखिएको छ । त्यसैगरी सञ्‍चारसाधनबाट समेत बञ्‍चित गरिएको छ । 

Global Ime bank

काश्मीरी जनताको दूतको रुपमा आफू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने बताएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन राष्ट्रपति ट्रम्पसँग भेट गर्न लागेका हुन् । त्यसैगरी महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री मोदी पनि अहिले सप्ताहव्यापी अमेरिका भ्रमणमा छन् ।

डन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC