![कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश](https://12khari.de/uploads/posts/71088286_726316001283041_7309444479868469248_n_1772116869.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश एकको प्रदेश सभामा बेल घेराउ गर्नुका साथै नाराबाजी गरेको छ । विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले संसद् अवरोधको प्रयास गरेको हो ।
अवरोधकै बीच प्रदेशसभामा उक्त विधेयकबारेको प्रतिवेदन पेश भयो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन पेश गरेकी हुन् ।
विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई सम्बोधन गरी निवेदन दर्ता गराएको थियो । सभामुखले वार्ताका लागि चार दिनको समय र्दिका थिए तर त्यसबीचमा वार्ता भएन । प्रतिवेदन पेश भएपछि बैठक भोलिसम्मलाई स्थगित भएको छ ।