site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतारमा कामदारको अवस्था दयनीय भएको खुलासा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले कतारले आप्रवासी कामदारको अधिकारमा सुधारका लागि प्रतिबद्धता जनाए पनि अझै हजारौं कामदार तलब र क्षतिपूर्ति नपाएर अप्ठेरोमा परेको पाइएको जनाएको छ । 

एम्नेस्टी इन्टरनेसनलद्वारा गरिएको पछिल्लो अनुसन्धानका क्रममा यो अवस्था पाइएको बिहीबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । एम्नेस्टीले कतारले सन् २०१९ को वर्ल्डकप अघि नै कामदारको अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता जनाएको समेत स्मरण गराएको छ ।  एम्नेस्टीका विश्व मामिला सम्बन्धी उपनिर्देशक स्टेफेन ककबर्नले महिनौँ काम गरेर पनि कामदारहरु एक पैसा नलिइ फर्किनुपरेको समेत पाइएको जनाएका छन् । कामदारहरुले त्यहाँ न्याय माग्नु निरर्थक जस्तै भएको समेत एम्नेस्टीले वक्तव्यमा उल्लेख गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

२०१८को मार्चदेखि एम्नेस्टीले केही कम्पनीको अनुसन्धान गर्दा उनीहरुले कामदारलाई केही महिनाअघिदेखि नै तलब दिन छोडेको पाइएको समेत जनाएको छ ।  एम्नेस्टीले हमटोन इन्टरनेसनल, हमाद बिन खालेद बिन हमाद (एचकेएच) र युनाइटेड क्लिनिङ्गमा अनुसन्धान गरेको जनाएको छ ।  ती कम्पनीमा काम गर्ने एक हजार ६२० जना कामदारले सुधारका लागि बनाइएको सरकारी समितिमा उजुरी गरेकोमा अहिले सो संख्या ६ हजार पुगेको अमेरिकी विदेशमन्त्रालयको रिपोर्टमा जनाइएको समेत उल्लेख गरेको छ । 

एम्नेस्टी इन्टरनेसनललाई कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले रोजगारदाता र कामदारबीच सहमतिको प्रयास भइरहेको जवाफ दिएको वक्तव्यमा जनाइएको छ । कामदारले उजुरी गरेको ३ देखि ८ महिना सम्म पनि उनीहरुले न्याय नपाउने गरेको जनाउँदै एम्नेस्टीले उनीहरु आम्दानीबिना न्यायको लडाईँ लड्ने कि घर जाने भन्ने अवस्थामा रहेकोसमेत उल्लेख गरेको छ ।
 
नेपालको राष्ट्रिय मानवअधिकार आयोगले गएको असार महिनामा प्रकाशित गरेको वैदेशिक रोजगारी सम्बन्धी अनुसन्धान रिपोर्टमा कतारमा २०७५–७६को जेठ मसान्तसम्म १२ लाख ६७ हजार ७४५ नेपाली कामदार रोजगारीको लागि गएको उल्लेख छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro