site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 कच्चा तेलको मूल्य बढ्यो, विश्वव्यापी असर पर्न सक्छ
Sarbottam CementSarbottam Cement

रियाद । साउदी अरेबियाको तेल उत्पादक कम्पनीका विभिन्न संरचनामा ड्रोन आक्रमण भएपछि तेलको मूल्य गएको चार महिना यताकै सबैभन्दा बढी भएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबारको शुरुवातमा कच्चा तेलको मूल्य १९ प्रतिशत बढेको छ । यसका साथै एक ब्यारेलको मूल्य बढेर ७१ दशमलब ९५ डलर पुगेको छ ।

अमेरिकाले आफ्नो आपतकालीन भण्डारबाट कच्चा तेल निकालेको छ । यसले बजारमा थोरै भए पनि राहत मिल्नेछ । यद्यपि साउदी अरेबियाको पहिलाको हिसाबले तेल उत्पादन गर्नको लागि अझै केही हप्ता लाग्नेछ ।  साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामले आक्रमणका कारण तेल उत्पादन घटेर प्रतिदिन ५ दशमलब ७ लाख ब्यारेल भएको जनाएको छ । अरामले अहिले आफूलाई विश्वकै सबैभन्दा ठूलो स्टक मार्केटका रुपमा स्थापित गर्न लागिरहेको बेलामा यो घटना भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लण्डनस्थित इन्टरफेक्स एजेन्सीका विश्लेषण प्रमुख अभिषेक कुमार भन्छन्,‘‘साउदी अधिकारीले आगोलाई नियन्त्रण गरेको बताएका छन् । यद्यपि जुन नोक्सान भयो त्यो ज्यादै नै छ । तेल आपूर्ति सहज हुनको लागि केही हप्ता लाग्न सक्छ ।’’

न्यूयोर्कमा आरबीसी क्यापिटल मार्केटका माइकल ट्रन भन्छन्,‘‘सबै कुरा चाँडै ठीक हुनेछ । उत्पादनमा ६ प्रतिशत गिरावटलाई भने इन्कार गर्न सकिदैन ।’’

Global Ime bank

बीबीसीका कुटनीतिक मामिला संवाददाता जोनाथन मार्कस्को भनाइमा मध्यपूर्व पहिलादेखि नै अशान्त थियो ।  अहिले ड्रोन हमलाले यो अस्थिरतालाई अझ बढाइदिएको छ । हुती विद्रोहीले गएको शनिबार भएको सो आक्रमणको जिम्मेवारी लिएको छ ।

यद्यपि अमेरिकाले इरानलाई सो घटनाको जिम्मेवार भएको आरोप लगाउँदै आएको छ ।  उता इरानले भने अमेरिकी आरोपलाई अस्वीकार गरेको छ । यो घटनाक्रमले इरानले कुन हदसम्म हुती विद्रोहीलाई सहयोग गरिरहेको रहेछ भन्ने नयाँ बहस पनि सुरु भएको छ । पछिल्लोवर्ष संयुक्त राष्ट्र संघका विशेषज्ञले आफ्नो एक रिपोर्टमा यसतर्फ इशारा गरेको थियो । जसमा इरान र हुती विद्रोहीको शैली एकै खालको रहेको जनाइएको बीबीसीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC