site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको आपदा प्रवन्धन विभागले जनाए अनुसार डुबेको डुंगामा जम्मा ६१ जना मानिस सवार थिए । तीमध्ये अधिकांश त्यहाँ घुमफिरको लागि गएका आन्तरिक पर्यटक थिए ।

पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मंडलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार अपराह्न भएको थियो । डुंगामा रहेकामा ५० जना पर्यटक र अन्य स्टाफ थिए । त्यहाँ गएका अधिकांश मानिस गोदावरी नदीको छेऊमा रहेको पापीकोंडालु पहाडमा घुम्न गएका थिए । डुंगामा चढ्दा लाइफ ज्याकेट लाउने २० जना चाहिँ स्थानीय बासिन्दाको सहयोगमा किनारामा लगिएका थिए ।

प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले प्रभावितका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । तेलगंनाको बारंगल जिल्लाबाट गएका एक युवकले उनको साथ गएका १४ मध्ये ९ जना अझै बेपत्ता रहेको जनाएका छन् । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC