site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बैंक लुट्ने ह्‍याकरले गरेका थिए हेलिकप्‍टर चार्टर, सिंगापुर र मुम्बईको विज्ञ टोली काठमाडौंमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकै रातमा नेपाली बैंकका एटीएम बुथबाट अर्बौं रकम निकाल्ने योजनासहित नेपाल आएका चिनियाँ ह्याकर समूहका ६ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा तीनजना नेपाली पनि छन् । ह्याकर समूहका दुईजनाको खोजी कार्य जारी छ । उनीहरुको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोललाई समेत पत्राचार गरिसकेको छ । पक्राउ परेका ह्याकरमध्येका एकजनाले भाग्नका लागि हेलिकप्टर नै चार्टर गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

भाग्दाभाग्दै विमानस्थलबाट पक्राउ परेका चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुइले भाग्नकै लागि हेलिकप्टर चार्टर गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । काठमाडौंको दरबारमार्गबाट पाँच जना चिनियाँ ह्याकर पक्राउ परेपपछि छु लुइ भागेर रसुवा पुगेका थिए ।

उनी रसुवाको केरुङ नाकाबाट चीन भाग्न चाहन्थे । तर त्यहाँबाट चीन प्रवेश गर्न नसक्ने अवस्थामा पुगेपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कनका लागि हेलिकप्टर चार्टर गरे । छु लुइ टिमुरेबाट एक निजी कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं फर्किए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘रसुवाबाट चीन छिर्न नसकेपछि हेलिकप्टर चार्टर गरे । त्रिभुवन विमानस्थलमा आइसकेपछि उनी भाग्ने तयारीमा थिए । हामीलाई सबै सूचना आइरहेको थियो । उनलाई विमानस्थलबाटै हामीले पक्राउ गर्न सफल भयौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनले हेलिकप्टर चार्टर गर्नका लागि कसको सहयोग लिएका थिए भन्नेबारे समेत अनुसन्धान जारी छ । चिनियाँ ह्याकर समूहलाई नेपालमा सहयोग गर्नेहरुको विषयमा समेत अनुसन्धान सुरु गरिएको एक प्रहरी अधिकारी बताउँछन् । अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘‘उनीहरु सबै विषयका बारेमा जानकारी लिएर नेपाल आएको देखिन्छ । उनीहरुलाई नेपाली नाकाको बारेमा पनि जानकारी रहेको पाइयो । यसबाट उनीहरुले ठूलो र व्यवस्थित योजना बनाएर नेपाली बैंकमाथि आक्रमण गरेको बुझ्न सकिन्छ ।’’ चिनियाँ ह्याकर समूह पक्राउ परेपछि यसबारे भारत र चीनले समेत चासो देखाएका छन् ।

अनुसन्धानका लागि सिंगापुर र मुम्बइको टोली काठमाडौंमा

Global Ime bank

प्रहरीले अनुसन्धानका लागि प्राविधिक पाटो केलाउनका लागि नेपाल राष्ट्र बैंकमार्फत् अन्तर्राष्ट्रिय सहयोग लिएको छ । प्रहरी अनुसन्धानमा सघाउनका लागि सिगांपुर र भारतको मुम्बईबाट प्राविधिक समूह काठमाडौं आएको छ । प्रहरी स्रोतले भन्यो, ‘‘भिजा कार्डको अनुसन्धानमा सघाउनका लागि मुम्बईबाट टोली आएको छ भने समग्र सिस्टमको अनुसन्धानका लागि सघाउन सिंगापुरको विज्ञ टोली आएको छ ।’’
सिंगापुरमा नेप्सको साउथ प्यासिफिक हर्ने क्षेत्रीय कार्यालय रहेको ती अधिकारीले बताए । उनका अनुसार प्राविधिक परीक्षण जारी छ र त्यसको रिपोर्ट आउन केही समय लाग्ने देखिएको छ । सबै रिपोर्ट आइसकेपछि थप नयाँ तथ्य बाहिर आउनसक्ने सम्भावना छ ।

विज्ञ टोलीले उनीहरुले मोबाइलबाट डिलिट गरिएका डाटा ‘रिकभर’ लगायतका कामसमेत गर्नेछ । चिनियाँ र फ्रेन्च नागरिकले ‘वी च्याट’मार्फत् कुराकानी गरेको पाइए पनि उनीहरुले त्यो च्याट सबै डिलिट गरेको पाइएको छ । ‘वीच्याट’ चीनको सामाजिक सञ्जाल हो । उनीहरुले वीच्याट प्रयोग गर्दै आएका छन् । त्यसैले कसको सम्बन्ध कोसँग थियो भन्ने पत्ता लगाउन समस्या भएको थियो ।

प्रहरीले ह्याकिङमा संलग्न भएको आरोपमा चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिनलाई पक्राउ गरिसकेको छ । यस्तै मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पक्राउ परेका छन् । उनीहरुले डलर साटेर सहयोग गरेका थिए ।

योजनाकारको खोजी जारी

प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटी अनुसन्धान पूरा भइनसकेकाले सबै कुरा खुलिनसकेको बताउँछन् । उनले बाह्रखरीसँग भने, ‘‘तथ्यलाई सुक्ष्म रुपमा केलाएर अनुसन्धान हुँदैछ । अहिले नै नेपालीको संलग्नताको विषयमा भन्न सकिँदैन । भाषा लगायतका कारण अनुसन्धानमा केही कठिनाइ छन् । नेपाल प्रहरी सबै कुराको अनुसन्धान गर्न सक्षम छ ।’’

ह्याकर समूहले नेपालको सबै बैंक प्रणाली, राष्ट्र बैंकको जस्तै लाग्ने ई–मेल प्रयोग गरेको भएकाले नेपालीको संलग्नता रहेको दाबी बैंकरहरुले गर्दै आएका छन् । प्रहरीले अहिले नै ह्याकिङको मास्टरमाइन्ड अर्थात् मुख्य योजनाकार पहिल्याउन सकेको छैन ।

फरार दुईजना वा अन्य कोही पनि यसको मुख्य योजनाकार हुनसक्ने प्रहरीको बुझाइ छ । अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘‘चिनियाँ भाषाकै कारणले अनुसन्धानमा कठिनाइ भएको छ । चिनियाँ नागरिकले अंग्रेजी समेत नबुझ्ने भएकाले अनुसन्धानमा थप जटिलता थपिएको छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement