site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला फुटबललाई घरेलु मैदानमा स्वर्णीम अवसर  
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत चैतमा विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले  च्याम्पियन हुने अवसर गुमायो । घरेलु मैदान र दर्शकको भरपुर साथ पाएको नेपालले सर्वाधिक च्याम्पियन भारतको दबदबा तोड्ने अपेक्षा गरिए पनि पराजित हुन पुग्यो । भारत लगातार पाँचौं पटक च्याम्पियन बन्दा नेपाल चौथो पटक फाइनलमा भारतसँगै पराजित भयो । 

भारतलाई घरेलु मैदानमा हराउने सपना बुनेका खेलाडी निराश भए पनि अहिले त्यहि खेलाडी नयाँ अपेक्षा र लक्ष्यअनुसार अर्को चुनौतीका लागि तयार हुँदैछन् । अर्थात् अर्को अवसरको पर्खाइमा रहेका उनीहरु मंसिरमा घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी गरिरहेका छन् । उनीहरुको लक्ष्य भारतलाई घरेलु मैदानमा हराउँदै सागको इतिहासमा पहिलो पटक स्वर्ण पदक जित्ने हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बदला लिने रणनीतिमा रहेका खेलाडीलाई प्रशिक्षक हरि खड्काले अभ्यास गराइरहेका छन् । त्यो बेला साग खेलेका २० खेलाडीसहित खड्काले थालेको अभ्यासमा अहिले ४० खेलाडी छन् । 

खेलाडी अवस्थादेखि भारतलाई हराउने खड्काको सपना प्रशिक्षकका रुपमा रहँदा पूरा भए पनि च्याम्पियन बनाउने लक्ष्य अझै अधुरो छ । साफअघि भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकपमा नेपालले भारतलाई उसैको मैदानमा हराउँदा खड्का नै प्रशिक्षक थिए । तर, च्याम्पियन बनाउने सपना नजिक पुगेर पनि चुकेका खड्कालाई एन्फाले अर्को अवसर दिएको छ । 

Global Ime bank

उनी दोस्रोपटक एन्फाले दिएको अवसर खेर जान दिने पक्षमा छैनन् । “मेरा लागि यो अवसरसँगै चुनौती हो । एन्फाले मलाई विश्वास गरेर टोलीको जिम्मेवारी दिएको छ । मैले नतिजा दिन नसके नैतिकताका आधारम राजीनामा दिनुपर्छ,” प्रशिक्षक खड्काले भने । 

एन्फाले एक प्रशिक्षकलाई दुई अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको जिम्मेवारी दिन्छ । गत वर्ष साफअघि टोलीको जिम्मेवारी पाएका खड्काले साफ च्याम्पियनसिपमा सुधारिएको प्रदर्शन गरे पनि नतिजा निकाल्न भने सकेनन् । त्यसबेला भएका कमीकमजोरीसहितको रिपोर्ट एन्फा नेतृत्वसमक्ष बुझाएका उनी अहिले त्यही पक्ष सुधारमा केन्द्रित छन् । 

प्रशिक्षक खड्काले भने, “साफपछि सुधार गर्नुपर्ने पक्षबारे रिपोर्ट पेश गरेको छु । रिपोर्टमा सुधार गर्ने पक्षबारे भनेको छु । अहिले त्यसैलाई फोकस गरिरहेको छु । अर्गनाइजेसन जुन टिमको हुनुपर्ने हो, त्यसमा फोकस गरिरहेको छु । कम्प्याक्टनेस डिफेन्सिभमा हामीले गोल खाएका थियौं । अहिले त्यसलाई अलिकति ध्यान दिएको छु । लामो र छोटो प्रहारलाई कसरी फिनिसिङ गर्नेबारे सिकाइरहेको छु ।”

साफ च्याम्पियनसिप र ओलम्पिक छनोट दोस्रो चरणपछि खेलाडीले कुनै पनि प्रतियोगितामा सहभागिता नजनाएका कारण प्रदर्शन भने केही बिग्रिएको खड्काले बताए । “पहिले र अहिले खेलाडीमा फरक पक्कै छ ।  बीचमा तयारी नहुँदा पुरानै अवस्थाबाट तयारी थाल्नुपर्यो । विस्तारै खेलाडीले लय समात्दैछन् । नयाँ जोश र उत्साहका साथ खेलाडीले मेहनत गरिरहेका छन् ।” 

सागअघि नेपालले भदौ २२ गतेबाट २६ गतेसम्म किर्गिस्तानमा आयोजना हुन लागेको नाडेज्दा कप खेल्नेछ । आयोजक किर्गिस्तानसहित ताजकिस्तान र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो कमजोरी पत्ता लगाउनुका साथै खेलाडीको परीक्षाका रुपमा लिएको छ । 

प्रशिक्षक खड्काले आफ्नो बलियो पक्ष, सुधार गर्ने पक्ष र खेलाडीको मनोबल बुझ्न मद्दत पुर्याउने बताए । “मैले दुई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थिएँ । तर अब हामीले ३ वटा खेल खेल्न पाउनेछौं । यसले धेरै नै मद्दत गर्नेछ । लगातार तीन खेल खेल्नुपर्ने भए पनि हामीलाई क्षमता बुझ्न सहयोग गर्नेछ ।”

नाडेज्दा कपका लागि केही दिनमा १८ सदस्यीय टोली घोषणा गर्ने खड्काको तयारी छ । तर सागका लागि भने राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अनुसार कति सदस्यीय तय हुने प्रशिक्षक खड्काले बताए । “अन्य खेलाडीको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यका साथ नाडेज्दा कपका लागि राम्रो टिम घोषणा गर्दैछु । लक्ष्य उत्कृष्ट टिम बनाउने हो । त्यसपछि आएर सागका लागि टोली घोषणा हुनेछ,” प्रशिक्षक खड्काले भने ।  

उनका अनुसार टोलीमा ३–४ जना केही नयाँ अनुहार पनि आउने सम्भावना प्रबल छ । “साफ खेलेका केही खेलाडी भन्दा अहिले नयाँ खेलाडीको फिटनेस र खेल राम्रो देखिएको छ । पुराना केही फालिन सक्छन् । ३–४ जनाले अवसर पाउन सक्छन्,” खड्काले भने । 

साफ च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेकी सावित्रा भण्डारीले आम समर्थकमा खुसी ल्याउने योजनासहित खेलाडीले मेहनत गरिरहेको बताइन् । उनले फेरि अर्को अवसरबाट नचुक्ने गरी आफ्ना कमजोरी सुधारमा केन्द्रित रहेको उल्लेख गरिन् । “घरेलु मैदानमा अर्को अवसर पाएका छौं । सक्दो कोसिस टोलीलाई स्वर्ण पदक जिताउने हो,” उनले भनिन् । 

कर्माछिरिङ शेर्पा एन्फा अध्यक्ष भएपछि महिला फुटबलका गतिविधि केही बढेका छन् भने अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । महिला टोलीले पछिल्लो एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छ । जसमा ओलम्पिक छनोट, पाँचौं महिला साफ च्याम्पियनसिप, हिरो वुमेन्स गोल्डकप लगायतका प्रतियोगिता थिए । 

घरेलु मैदानमा साफको उपाधि भारतलाई सुम्पिए पनि हिरो वुमेन्समा महिला खेलाडीले भारतमाथि कीर्तिमानी जित निकालेका थिए । अर्को महत्वपूर्ण उपलब्धि ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो । तर, दोस्रो चरणमा सुखद् नतिजा भने निकाल्न सकेन । त्यसैगरी चीनमा मैत्रीपूर्ण खेल खेल्ने अवसर पनि पाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement