site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्थानविरुद्ध हैदराबादको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रियिमर लिगमा (आईपीएल)मा घरेलु टोली सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राजीव गान्धी क्रिकेट मैदानमा हैदराबादले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर २०० रन मात्र बनायो ।

राजस्थानका रियान परागले ४९ बलमा आठ चौका र चार छक्कासहित सर्वाधिक ७७ रन बनाए पनि हार टार्न सकेनन् । यशस्वी जैसवालले ४० बलमा सात चौका र दुई छक्कासहित ६७, रोभमन पावेलले २७ र सिम्रन हेटमायरले १३ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमारले तीन विकेट लिए । कप्तान प्याट कुमिन्स र थंगारसु नटराजनले समान दुई विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको हैदराबादले २० ओभरमा तीन विकेट गुमाएर २०१ रन बनाएको थियो ।

हैदराबादका नितिश रेड्डीले ४२ बलमा आठ छक्का र तीन चौकासहित सर्वाधिक ७६ रन बनाए । ट्राभिस हेडले ४४ बलमा ६ चौका र तीन छक्कासहित ५८, हेनरिक क्लासेनले अविजित ४२ र अभिषेक शर्माले १२ रन बनाए ।

राजस्थानका आवेश खानले दुई विकेट लिए । सन्दीप शर्माले एक विकेट लिए ।

जितसँगै १० खेलबाट १२ अंक जोेडेको हैदराबाद चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंकको राजस्थान शीर्ष स्थानमा यथावत् छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro