site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो सिरिजमा मेरो ब्याटबाट राम्रो रन निस्किरहेको छ : कप्तान पौडेल
फाइल तस्बिर ।

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँच टी—२० श्रृंखलामा नेपाल एक खेलअगावै पराजित भएको छ । 

पाँच टी–२० श्रृंखलामा वेस्ट इन्डिज ‘ए’ले तीन खेलमा जित निकालेसँगै नेपाल पराजित भएको हो । अन्तिम खेल बाँकी रहँदा नेपालले एक खेलमा मात्रै जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भयो । 

२१० रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दै १८१ रन मात्रै बनाउन सक्यो । 

खेल हारेपछि पत्रकारहरूसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले यो सिरिजमा आफूले राम्रो खेलिरहेको र आफ्नो ब्याटबाट राम्रो रन निस्किरहेको बताए । उनले आफूलाई गुड डेलाई ग्रेट बनाउनुपर्छ भन्ने लागेर खेलिरहेको बताए । अझै धेरै राम्रो गर्न आवश्यक रहेको र सोहीअनुसार खेलिरहेको उनको भनाइ थियो । 

रोहितले पहिलो खेलमा नै राम्रो गरेकाले आत्मविश्वास बढिरहेको बताए । आजको खेलमा सुरुआती ब्याट्सम्यानबाट राम्रो रन नआएको बताउँदै बलिङमा स्पिनरहरूले राम्रो गर्नसकेको भए १८० सम्मको टार्गेट बन्ने अनुमान रहेको बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro