site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय समितिमा वाइडबडीको छलफल हुँदा सञ्चारकर्मीलाई प्रवेश निषेध
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ । बैठकमा नेपाल वायुसेवा निगमको  वाइडबडी जहाज खरिद उपसमितिका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । 

सिंहदरबारस्थित समितिको कार्यालयमा बैठक शुरु हुनुअघि नै ‘समितिको निर्णय’ भन्दै सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको थियो । समिति सभापतिको रुलिङ भएमा सञ्चारकर्मीहरुलाई बैठकमा नराख्ने अधिकार भने समितिसँग रहन्छ । तर, यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सञ्चारकर्मीहरुले प्रवेश पाउने गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बहुचर्चित वाइडबडी घोटाला प्रकरणको विषयमा हुने छलफलमा भने उनीहरुलाई बाहिरै राखिएको हो । लेखा समितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको प्रतिवेदनसहित त्यसमा संलग्नलाई कारबाही गर्न गत पुस २३ गते सरकार र अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई निर्देशन दिएको थियो । 

समितिले निगमका दुईवटा वाइडबडी खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Global Ime bank

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC