काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीको १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालसँगै आयोजक श्रीलंका, युएई र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘ए’ मा पाकिस्तान, भारत, कुवेत र अफगानिस्तान रहेका छन् । यही भदौ १९ देखि २८ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंकासँग भदौ २० गते खेल्नेछ । दोस्रो खेल भदौ २२ गते बंगलादेशसँग र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्ने तालिका छ ।
नेपाली टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् भने टिम म्यानेजरमा राजु खड्का रहेका छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान)
रित गौतम
पवन शर्राफ
मोहम्मद आसिफ शेख
सन्दीप जोरा
भिम सार्की
हरि बहादुर चौहान
कुशल मल्ल
राशिद खान
कमल सिंह ऐरी
सागर ढकाल
खड्क बहादुर बोहोरा
सूर्य तामाङ
लोकेस बहादुर बम
प्रतिस जिसी