site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानविरुद्ध ब्याटिङमा नेपाल
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

क्यानडाको किंग सिटी क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर ओमानले फिल्डिङको निर्णय लिँदै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

जारी शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि, शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली क्यानडासँग १०३ रनको लज्जास्पद हार बेहोरेको थियो । लिगमा पाँच खेल खेलिसके पनि नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ । 

यसअघि, लिग–२ अन्तर्गत घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि, नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार बेहोर्दा एक खेलमा मात्र जित निकालेको थियो । आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । 

नेपालसँगै लिग–२ मा ओमानको प्रदर्शन उल्लेख्य छैन । तालिकाको छैटौँ स्थानमा आसिन ओमानले चार खेलबाट तीन अंकमात्र जोडेको छ । जारी शृंखलामा ओमानको भने यो पहिलो खेल हो ।

क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro