site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीको पहिलो जित, पुलिसलाई रोक्न चन्द्रपुर सफल

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ मा पहिलो जित निकाल्ने क्रममा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० ले हराएको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले समान एक गोल गरे । 

खेलको २४औँ मिनेटमा भूमिकाले गोल गरेपछि कर्णालीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । कर्णालीले दोस्रो हाफमा दुई गोल थप्यो । ६२औँ मिनेटमा गरिमाले कर्णालीको अग्रता दोब्बर बनाइन् । त्यसको अर्को मिनेटमा नै वर्षाले गोल गरेपछि कर्णालीले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । यसपछि दुवै टिमबाट थप गोल नहुँदा कर्णालीले ३–० को जित पक्का गरेको हो । 

जितसँगै कर्णालीले ६ खेलबाट चार अंक जोडेको छ । समान खेलबाट खेल्दा पनि अंकविहीन सुदूरपश्चिम भने तालिकाको पुछारमा छ । 

यसअघि आजै भएको पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई गोलरहित बराबरीमा रोक्दै अंक खोस्न सफल बनेको छ । सातदोबाटोमै भएको खेलको ७०औँ मिनेटमा प्राप्त गोलको सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा विभागीय टोलीलाई स्तब्ध बनाउन चन्द्रपुर चुकेको हो । पुलिसकी समीक्षा घिमिरेको ह्यान्ड भएपछि चन्द्रपुरले पेनाल्टीको अवसर पाएको थियो । 

तर, त्यसमा दिलकुमारी मगरको प्रहार पुलिसकी गोलकिपर उषा नाथले बचाएपछि चन्द्रपुरले विभागीय टोलीलाई निराश बनाउने मौका गुमाएको हो । ६ खेलबाट सात अंक जोडेको चन्द्रपुर तालिकाको छैटौँ स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको पुलिस तालिकाको दोस्रो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro