site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल ओमानसँग पराजित, गुल्सनको कीर्तिमान छायामा 
SkywellSkywell

काठमाडौं । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनका बावजुद नेपाली क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा ओमानसँग एक विकेटले पराजित भएको छ ।

बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर भेट्टायो । अन्तिमसम्म रोमाञ्चक बनेको खेलमा ओमानलाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो । 

अन्तिम ओभरको पहिलो बलमा नेपालका सोमपाल कामीले एक रन दिए । दोस्रो बल चौका हुँदा ओमानलाई जितका निम्ति चार बलमा तीन रनको आवश्यकता थियो । सोमपालले तेस्रो बल डट फ्याके । चौथो बलमा एक रन खर्चिए पनि पाँचौ बल चौका हुँदा ओमानले नेपाललाई एक विकेटले निराश बनाएको हो ।

Dabur Nepal
NIC Asia

ओमानको जितमा ओपनर जतिन्दर सिंहले ४१ रन बनाए । कश्यप प्रजापतिले ३६ र कप्तान अकिब इल्यासले २९ रन थप्दा प्रतीक अथावाल र सोएब खानले समान २६ रन थपे ।

खालिद कैल र साकिल अहमेदको नाममा समान १७ रन रह्यो ।

नेपालका गुल्सनकुमार झाले पाँच विकेट लिए पनि टिमको हार टार्न सकेनन् । उनले १० ओभरमा दुई मेडन फ्याक्दै ४७ रन खर्चिए । 

त्यसअघि कप्तान रोहितकुमार पौडेल र गुल्सनको अर्धशतकप्रेरित नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२० रनको योगफल खडा गरेको थियो ।

नेपालका कप्तान रोहितले ६० रन बनाए । ३१–३ को नाजुक स्थितिबाट रोहितले चौथो विकेटका लागि आरिफ सेखसँग ८३ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । आरिफले ३५ रन जोडे ।

यस्तै, गुल्सनले आक्रामक अर्धशतक प्रहार गरे । उनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाए । ओमानविरुद्धको प्रदर्शनसँगै नेपाली क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक र पाँच विकेट लिने गुल्सन पहिलो खेलाडी बने ।

ओमानविरुद्ध ब्याटिङका लागि १०औँ नम्बरमा आएका सोमपाल कामीले २० रन जोडेपछि नेपाल सम्मानजनक स्कोरसम्म पुगेको हो ।

आसिफ सेख, भीम सार्की र सन्दीप लामिछानेले समान ११ रन थपे ।

ओमानका कलिमुल्लाह, फयाज बट र अकिब इल्यासले समान दुई विकेट लिए । साकिल अहमेद, सोएब खानको नाममा एक–एक विकेट रह्यो ।

लिगका ६ खेलमध्ये पाँचौं हार व्यहोरेको नेपाल तालिकाको सातौँ स्थानमा छ । नेपाली टिमको खातामा दुई अंकमात्र छ । 

पाँच खेलबाट पाँच अंक जोडेको ओमान भने तालिकाको छैटौँ स्थानमा छ । क्यानडामा जारी यस शृंखलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu