site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानविरुद्ध कप्तान रोहितको अर्धशतक 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

बुधबार क्यानडाको किंग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालबाट रोहितले ६४ बलमा अर्धशतक प्रहार गरे । यसक्रममा उनले एक चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो १०औँ अर्धशतक हो ।

जारी खेलको ३८ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १२६ रन बनाएको छ । ३१–३ को नाजुक स्थितिबाट रोहितले आरिफ सेखसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गर्दै नेपालको इनिङलाई अघि बढाएका थिए । आरिफ ३५ रन बनाएर आउट भए ।

हाल क्रिजमा रोहितसँगै गुल्सनकुमार झा खेलिरहेका छन् ।

जारी शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि, शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली क्यानडासँग १०३ रनको लज्जास्पद हार बेहोरेको थियो । लिगमा पाँच खेल खेलिसके पनि नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro