site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्वतन्त्रता पक्षधर नेसनलिस्ट पार्टीका एक जना उमेदवारलाई अर्को महिना हुने विधान परिषद्को निर्वाचनमा भाग लिन अयोग्य घोषित गरिएको छ । 
हङकङ नेसनलिस्ट पार्टीका उमेदवार चान हो तिनलाई त्यहाँको निर्वाचन आयोगले शनिबार इमेल पठाएर उनको उमेदवारी खारेज गरिएको जानकारी दीएको रोयटरले जनाएको छ । 
चानले हङकङ चीनको अभिन्न अंग हो भन्ने कागजमा दस्तखत गर्न इन्कार गरेका थिए । चानको पार्टीले यसलाई पुष्टि गर्दै आफ्नो पार्टी लोकतान्त्रिक निर्वाचनमा भाग लिन नपाउने पहिलो पार्टी भएको फेसबुकमा उल्लेख गरेको छ । चानलाई अयोग्य ठहर गर्ने निर्णयमा सरकारको सहमति भएको हङकङ सरकारले पनि जनाएको छ ।
निर्वाचनमा भाग लिनका लागि हङकङ चीनको अभिन्न अंग भएको स्वीकार गर्नुपर्ने नियम यही वर्ष लागु गरिएको र यसभन्दा पहिले हङकङको कानुन मान्ने घोषणामात्र गर्नुपर्ने व्यवस्था भएको रोयटरको समाचारमा जनाइएको छ ।
सन् १९९७ मा बेलायतले चीनलाई हङकङ फिर्ता गर्दा 'एक देश : दुई व्यवस्था' को सिद्धान्तअनुसार हङकङमा लोकतान्त्रिक शासन पद्धति कायम हुने सम्झौता भएको थियो । 
चानको जस्तै स्वतन्त्रता पक्षधर अरू उमेदवारको पनि दर्खास्त खारेज हुनसक्ने सन्देह गरिएको छ ।  
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC