site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२०औँ वार्षिकोत्सव मनाउँदै हेल्प नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । परोपकारी क्षेत्रमा क्रियाशील संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वर्ष मनाउने तयारी गरिरहेको छ । हेल्प नेपाल नेटवर्कका अनुसार आउँदो अक्टोबर महिनामा काठमाडौंमा यस संस्थाको २०औं वार्षिकोत्सव मनाइने भएको छ । 

सोही सन्दर्भमा हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाले संस्थाको २०औँ वार्षिकोत्सव सिड्नीमा मनाएको छ । गत शनिबार सिड्नीमा साउथवेल्सका बहुसांस्कृतिक राज्य मन्त्री जोन सिदोतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सो कार्यक्रममा हेल्प नेपालले धुलिखेलमा सञ्चालन गर्दै आएको बालिकाहरूको आश्रयस्थल बालगृहमा ई–लाइब्रेरी व्यवस्थापनका लागि हेल्प नेपालको अस्ट्रेलिया शाखाले ५ हजार डलर प्रदान गरेको थियो । सोही अवसरमा दोलखामा निर्माणाधीन राजकुलेश्वर स्कूलका लागि हेल्प नेपाल अस्ट्रेलियाले १० देखि १५ हजार डलरसम्म सहयोग गर्ने वचन दिएको हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले बाह्रखरीलाई बताए ।

सोमबार बिहान बाह्रखरीसँग कुरा गर्दै अध्यक्ष बस्नेतले यो साता मेलवर्न र क्यानवेरामा पनि वार्षिकोत्सव कार्यक्रम हुने बताए । २० वर्षअघि सन् १९९९मा स्थापित हेल्प नेपालले शिक्षा, स्वास्थ्य तथा दैवी विपद्का बखत सहयोग गर्दै आएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC