site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल–भारत संयुक्त आयोगको बैठक बुधबारदेखि, भारतका विदेशमन्त्री जयशंकर आउँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल—भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन पर्सि बुधबार काठमाडौं आउने भएका छन् । दुई दिनसम्म चल्ने सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । 

संयुक्त आयोगको यो पाँचौ बैठक हो । बैठकले दुई पक्षीय मामिलाका सबैजसो विषयमा छलफल गर्ने बताइएको छ । कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार, पारवहन, उर्जा, जलस्रोत, संस्कृति, शिक्षा र अन्य दुई पक्षीय विषयमा बैठकमा छलफल हुने बताइएको छ । आयोगको स्थापना सन् १९८७मा भएको हो । यसअघि चौथो बैठक सन् २०१६मा नयाँ दिल्लीमा भएको थियो ।

भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने छन् ।  भारतका विदेशमन्त्री जयशंकर हालै उत्तरतर्फको छिमेकी चीनको समेत भ्रमण गरेर नेपाल आउन लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC