site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले आइल्याण्ड नै किन्ने भनेपछिको तरंग, ग्रीनल्याण्डले भन्यो–हामी बिकाउ होइनौं
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै एउटा ठूलो आइल्याण्डको रुपमा चिनिएको ग्रीनल्याण्ड खरिद गर्ने प्रसंग सार्वजनिक भएपछि त्यसका बारेमा सो आइल्याण्डका तर्फबाट कडा प्रतिक्रिया आएको छ ।  डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्ड खरिद गर्ने बारेमा ट्रम्पले आफ्ना सल्लाहकारहरुसँग छलफल गरेको समाचार प्रकाशित भएपछि सो दीपका तर्फबाट ग्रीनल्याण्ड बिकाऊ नभएको जवाफ दिइयो । 

ग्रीनल्याण्डको सरकारले भनेको छ, “हामी व्यापार गर्नका लागि उनलाई स्वागत गर्दछौं । तर बिक्नका लागि तयार छैनौं ।”

अमेरिकी राष्ट्रपतिको भनाइलाई डेनमार्कका राजनीतिक नेताहरुले पनि अस्वीकार गरेका छन् । डेनमार्कका पूर्वप्रधानमन्त्री लार्स लोक्के रासमुसेनले ट्विट गर्दै भनेका छन्,“यो जरुर अप्रिल फुल(१ अप्रिल)को मौकामा गरिएको मजाक हुनुपर्छ....। तर, यसको कुनैपनि हालतमा चर्चा गर्नु जरुरी थिएन । ” 

Prabhu Bank
Agni Group
NIC Asia

यो सम्बन्धी समाचार सबैभन्दा पहिला वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो । सो जर्नलका अनुसार ट्रम्पले आफ्ना सल्लाहकारहरुसँग आइल्याण्ड खरिद सम्बन्धी विषयमा कुराकानी गरेका थिए ।यद्यपि धेरै मिडिया सम्बन्धी संस्थाहरुले यसबारेमा फरक धारणा राखेका छन् । कतिपय मिडियाले ट्रम्पले यो भनाई गम्भीरतापूर्वक राखेको जनाएका छन् भने कतिपयले ठट्टा गरेको उल्लेख गरेका छन् ।

ग्रीनल्याण्डका अधिकारीहरुले भने कडा जवाफ दिँदै आफ्नो भूभाग बिक्नको लागि नभएको जनाएका छन् । 

Global Ime bank

यस सम्बन्धमा ग्रीनल्याण्डको विदेशमन्त्रालयको तर्फबाट दिइएको प्रतिक्रिया सामाजिक सञ्जालमा निकै शेयर गरेको पाइएको छ । विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ,“ग्रीनल्याण्ड महंगो सरसामान जस्तो खनिज,सबैभन्दा शुद्ध पानी, बरफ, माछाको भण्डार, सी फूड र क्लिन इनर्जीको साधनले सम्पन्न रहेको छ । हामी व्यापार गर्नका लागि स्वतन्त्र छौं तर बिकाउ छैनौं ।”

ग्रीनल्याण्डका प्रधानमन्त्री किम किल्सेनले यही कुरा दोहोर्याउँदै छुट्टै भनाइ राखेका छन् । उनले भनेका छन्,“ग्रीनल्याण्ड बिकाउ छैन । तर, यो व्यापार र अन्य देशको सहयोगको लागि तयार छ । त्यसमा अमेरिकापनि पर्छ ।” ग्रीनल्याण्डका सांसद आजा चेमन्टिज लार्सेनले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको भनाईलाई अस्वीकार गरेका छन् ।उनले यस सन्दर्भमा ट्विटरमा आफ्नो प्रतिक्रिया दिँदै भनेका छन्,“ट्रम्पले ग्रीनल्याण्ड खरिद गर्नुपर्ने कुनै जरुरी छैन । उनलाई धन्यवाद ।” 

ग्रीनल्याण्डको एक अखबार सरमिटसियाकका प्रधानसम्पादक पाल त्र्रmारुपले बीबीसीसँगको कुराकानीमा ट्रम्पले यस्तो कुरा गरे होलान् भन्ने आफूलाई यकिन नभएको बताएका छन् । उनले अगाडि भनेका छन् ,“ग्रीनल्याण्ड एक स्वायत्त क्षेत्र हो र यसलाई यही सन्दर्भमा हेर्नु ठीक हुन्छ र इज्जत दिनु पर्छ ।”
डेनमार्कका नेताहरुले अमेरिकी राष्ट्रपतिले यसलाई अधिग्रहण गर्ने कुरा गर्नुलाई बचकाना पारा भएको बताएका छन् । उनीहरुले यो भनाईलाई मजाकको रुपमा लिएको पाइएको छ ।

डेनमार्कको डेनिस पिपुल्स पार्टीका विदेश मामिला प्रवक्ता सोरेन एस्पर्सनले नेशनल ब्रोडकास्टर डीआरसँगको कुराकानीमा यदि ट्रम्पले साँच्चै यसप्रकारको कुरा गरेका हुन् भने उनी पागल भएको प्रमाण भएको बताए । उनले भनेका छन्,“डेनमार्कले अमेरिकालाई ५० हजार नागरिक बेचिदिन्छ भन्ने सोच्नु नै हाँस्यास्पद कुरा हो ।”

ट्रम्प किन लोभिए ?

ट्रम्प ग्रीनल्याण्डसँग लोभिनुको मुख्य कारण त्यहाँको संशाधनलाई मुख्य रुपमा मानिएको छ । ग्रीनल्याण्डको प्राकृतिक संशाधन जस्तोकि कोइला, तामा, जस्ता अन्य साधनका कारणले अमेरिकाले चासो देखाएको हुन सक्छ ।

ग्रीनल्याण्ड खनीजको लागि धनी भएपनि उसले आफ्नो बजेटको दुई तिहाइ हिस्सा भने डेनमार्कको सहयोगमा धान्दै आएको छ ।ग्रीनल्याण्डमा आत्महत्या र मदिराजन्य सामग्रीको प्रयोग अधिक रहेको छ । यसका साथै यहाँ बेरोजगारी पनि चरम रुपमा  छ । ग्रीनल्याण्ड एक स्वशासित देश भएपनि सो देश पुरै डेनमार्कको नियन्त्रणमा छ । यो अमेरिकाका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण  छ । क्षेत्रफलको हिसाबले ग्रीनल्याण्ड दुनियाँको १२ औं सबैभन्दा ठूलो देश हो । 

बेलायत भन्दा यो १० गुणा ठूलो छ । यसको क्षेत्रफल २० लाख बर्ग किमी रहेको छ । यसमा चट्टान र बरफ  छ । ग्रीनल्याण्डको जनसंख्या भने केवल ५६ हजार मात्रै छ । जुन बेलायतको एउटा शहरमा भएको जनसंख्या जति मात्रै हो । यहाँका ८८ प्रतिशत जनसंख्या इनूएट हुन् र बाँकी डेनिस(डेनमार्कको भाषा) बोल्ने छन् । 

पछिल्ला केही वर्षमा अमेरिका र डेनमार्कका मानिसले ग्रीनल्याण्ड र उसको राजधानी नुकमा धेरै रकम लगानी गरेका छैनन् । त्यहाँको आर्थिक अवस्था पनि त्यति राम्रो छैन । हरेक दिन यो स्थानको एउटा ठाउँमा मानिसहरु भेला भएर सामान बेच्ने गर्छन् । त्यहाँ कपडा, स्कूल ब्याग,केक, सुख्खा माछा र रेनडियरको सिंग बिक्ने गर्दछ ।
ट्रम्पलाई कसले उक्सायो ? 

एउटा डिनर पार्टीमा यो वर्षको शुरुमा उनलाई कसैले ग्रीनल्याण्डको बारेमा बताएको थियो । एक जना अतिथीले सो अवसरमा डेनमार्कले सो आइल्याण्डलाई हरेक वर्ष ४२० मिलियन पाउण्ड दिनुपरिरहेको जनाएका थिए । त्यसपछि अर्का एक अतिथीले उनलाई ग्रीनल्याण्ड खरिद गर्न सक्ने कुरा सुझाएका थिए । हुनता यो प्रसंग नयाँ कुरा भने नभएको बताइएको छ । यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले पनि डेनमार्कसँग सन् १९४६मा ग्रीनल्याण्ड खरिदको प्रयास गरेका थिए । त्यतिबेला सो भूभागको मूल्य १०० मिलियन डलर तोकिएको थियो । सुनमा किनबेच गर्ने कुरा भएकोले त्यतिबेला सो खरिद अस्वीकार गरिएको बताइएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC