site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गाउँका प्रतिनिधिलाई पिर्कामा उभिएर सलामी खाने रहर जागेको समाचार दिनहुँजसो आइरहेका छन् । कतै खेलका बीचमा सलामी लिन्छन् त कतै खेतमा पनि सलामी लिइरहेका हुन्छन् । बेला न कुबेला सलामी थाप्ने रहर गर्नेहरूमा धेरैजसो गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका प्रमुख, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्रीहरू देखिन्छन् । त्यसो त उकाध केन्द्र सरकारका मन्त्री पनि पिर्के सलामीका भोका देखिएका छन् तर सलामीलाई साह्रै सस्तो र लाजैमर्दो बनाउनेमा भने स्थानीय र प्रदेश सरकारका निर्वाचित प्रतिनिधि नै बढी छन् । ठाउँ न ठहर सलामीको रहर गर्नेहरूले आफू दुनियाँका सामु उपहासको पात्र भएको थाहा पाएका होलान् कि नहोलान् ? यिनीहरूको उपहास त चिन्ताको विषय हैन तर त्यसले संघीय लोकतन्त्रप्रति नै जनतामा वितृष्णा उत्पन्न गरेको छ ।  

विलास, हैकम र द्रव्यको मोह अहिलेका निर्वाचित प्रतिनिधिमा पाइने साझा प्रवृत्ति हुन पुगेका छन् । अपवाद धेरै होलान् तर देखिएको यही हो । उनीहरू आफूलाई निर्वाचित गरेर पदमा पुर्याउने मतदातालाई रैती ठान्छन् । आफूलाई विशिष्ट देखाउनकै लागि ठाउँ न ठहर सलामी लिने रहर गरेको हुनुपर्छ । यस्तै प्रदेश सरकार र स्थानीय तह सबैका प्रतिनिधिमा पाइने साझा गुण विलासी गाडीहरूको मोह पनि हो । स्थानीय तहको निर्वाचनपछि गाडी किन्ने होडले संघीय शासन प्रणालीकै बदनाम भएको छ । प्राकृतिक स्रोतको दोहन र दुरुपयोगमा पनि स्थानीय तहका जनप्रतिनिधिको संलग्नता लभगभ देशभर देखिएको छ । ठेकेदार र जनप्रतिनिधिबीच भेद भेट्टाउनै नसकिने गरी मेटिएको छ । यो लोभबाट भएको लाभले यिनकोे विलाप पक्कै हुन्छ तर अहिल्यै अनुमान गर्न भने सहज देखिँदैन ।

अर्को निर्वाचनमा जनताले कुरा बुझे भने यिनीहरूलाई सजाय पक्कै दिनेछन् । अहिले जेनतेन जोगिए पनि अर्कोपटक निर्वाचित नभए र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमानदार तथा निर्भीक पदाधिकारी नियुक्त भए भने यिनीहरूमध्ये धेरै भ्रष्टाचार र अख्तियार दुरुपयोगको मुद्दा लाग्नेछ । तर, त्यसभन्दा पनि ठूलो सजाय त यिनले लोकतन्त्रको बदनाम गरेकोमा पाउनुपर्छ । जनताको विश्वासमा कुठाराघात गरेकोमा यिनलाई सजाय हुनुपर्छ । जनप्रतिनिधिलाई सेवाको प्रतिमूर्तिबाट हैकम, विलास र भ्रष्टाचारको पर्याय बनाएकोमा जनताले यिनको हिसाबकिताब गर्नुपर्छ । विलासी गाडी र ठाउँ न ठहर सलामी लिने रहर सामन्ती संस्कारको घीनलाग्दो अनुकरण पनि हो । यसैगरी राज्यको साधनस्रोतको दोहन गर्न लाज र डर नमान्ने प्रवृत्ति पनि सामन्ती प्रवृत्ति नै हो । दुर्भाग्य, लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रतिनिधि सामन्ती संस्कारका भरिया हुन पुगे । अझै बेला छ । जनप्रतिनिधिहरूले आफूलाई सच्याएर संघीयता र लोकतन्त्रप्रति जनतामा वितृष्णा बढ्न नदिऊन् । नत्र, इतिहासमा यिनीहरू हाँगामा बसेर फेद ढाल्ने ‘कालीदास’ ठहरिनेछन् ।   
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC