site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले किन निकाल्यो परमाणु हतियार नीतिको प्रसंग ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारत ‘परमाणु हतियार पहिला प्रयोग नगर्ने’ नीतिमा अहिले पनि प्रतिबद्ध रहेको तर भविश्यमा के हुन्छ त्यो परिस्थितिमा निर्भर हुन्छ भनेपछि उनको सो भनाइले नयाँ तरंग उत्पन्न गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । काश्मीर मामिलामा संविधानको धारा ३७० खारेज गरिएपछि पाकिस्तानसँग भारतको तनाव बढिरहेको बेलामा राजनाथ सिंहको यो भनाइ आएको हो । 

भारत र पाकिस्तान दुवै परमाणु हतियारले सुसज्जित राष्ट्र हुन् । त्यसैले कतै उनीहरु सो हतियारको प्रयोग गर्न त लाग्दैनन् भन्ने प्रश्न अहिले उब्जन पुगेको छ ।  यो अवस्थामा भारतका तर्फबाट परमाणु हतियारको प्रसंग बाहिर आउनुलाई महत्वपूर्ण कुरा मानिएको छ । दुई परमाणु हतियार सम्पन्न छिमेकी मुलुक भारत र पाकिस्तानको आपसी सम्बन्ध र उनीहरुको नीतिमा अन्तर्राष्ट्रिय जगतको पनि नजर परिरहेको छ । यदि भारतले कुनै नीतिगत फैसला लिएमा अन्तर्राष्ट्रिय स्तरमा तीव्र प्रतिक्रिया आउन सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतको रक्षा मामिलाका जानकार राहुल बेदीका अनुसार यस्तो फैसला बहुतै सोचेर लिइन्छ किनकि यसको दूरगामी परिणाम निस्कन सक्छ ।  यद्यपि यो मोदी सरकारका रक्षामन्त्रीका तर्फबाट पहिलो पटक आएको धारणा भने होइन ।  मोदी अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका बेलामा पनि तत्कालीन रक्षामन्त्री मनोहर पार्रिकरले पनि यस्तै धारणा राखेका थिए । त्यतिबेला उनले पहिला प्रयोग नगर्ने नीतिमा आफू सहमत नभएको र यसलाई आफूले बदल्न चाहेको बताएका थिए । 

तर, त्यो भनाइलाई उनले निजी धारणा भएको बताएका थिए । राजनाथ सिंह भारतका दोस्रो रक्षामन्त्री हुन् जसले पहिलो प्रयोग नगर्ने नीतिका बारेमा बोलेका छन् ।  यसलाई गम्भीरतापूर्वक लिने हो भने मोदी सरकारले यो प्रक्रियामा गम्भीर छलफल गरिरहेको संकेत पाइन्छ ।  जब १९९८मा भारतको पोखरणमा परमाणु परीक्षण गरिएको थियो सो समयमा तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई पत्र पठाएर चीनको विरुद्धमा प्रतिरोध नीतिअनुरुप परमाणु परीक्षण गरिएको जनाएका थिए । 

Global Ime bank

सो पत्र ‘लिक’ भएर न्यूयोर्क टाइम्समा प्रकाशित भएको थियो । त्यसपछि निकै ठूलो हंगामा मच्चिएको थियो ।  यदि भारतले आफ्नो नीतिमा परिवर्तन गर्यो भने अन्तर्राष्ट्रिय स्तरमा यसबारेमा प्रतिक्रिया आउन सक्नेछ । सबैभन्दा पहिला चीन र पाकिस्तानले नै प्रतिक्रिया दिन सक्नेछन् । किनकि यो क्षेत्रमा तीनवटै देशको सीमा एक आपसमा जोडिएको छ । साथै यी तीन वटै देश परमाणु हतियार सम्पन्न देश पनि हुन् । 

भारतको पाकिस्तानसँग सीमा विवाद छ र त्यसै खालको विवाद चीनसँग पनि छ । यसकारण भारतले नीति बदलेको अवस्थामा गम्भीर स्थिति आउन सक्छ । अहिलेसम्म भारतले पहिला प्रयोग नगर्ने नीति लिएको थियो ।  यसको मतलब भारतमाथि कसैले हमला गरेमा त्यो अवस्थामा भारतले प्रत्याक्रमण गर्न सक्छ भन्ने हो । 
यस खालको गम्भीर मुद्धामा निकै विचार विमर्श गरेर मात्रै निर्णय लिइन्छ । हुन सक्छ अटल विहारी बाजपेयीलाई श्रद्धाञ्जली दिँदै भावनात्मक रुपमा राजनाथ सिंहले यो भनाई राखेका हुन सक्छन् । तर, उनको भनाइले विश्वकै अहिले कान ठाडो भएको अवस्था छ । 

पाकिस्तानले के भन्यो ?
भारतीय रक्षामन्त्रीको भनाईप्रति शनिबार प्रतिक्रिया जनाउँदै पाकिस्तानले त्यसलाई दूर्भाग्यपूर्ण र गैरजिम्बेवार अभिव्यक्ति भनेको छ । पाकिस्तानको विदेशमन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा सो कुरा जनाइएको हो । 
(बीबीसी र अन्य एजेन्सीको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC