site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काश्मीरमा आंशिक रुपमा टेलिफोन र इन्टरनेट सेवा सुरू, आइतबारबाट पूर्णरुपमा सञ्‍चालन हुने 
Sarbottam CementSarbottam Cement

श्रीनगर । भारत प्रशासित काश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरू गरिएको छ ।

काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतबार अपरान्हबाट पूर्णरूपमा सञ्चालनमा ल्याउने बताइएको छ । अगस्ट ५ मा जम्मु–काश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छेद ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएको थियो ।

जम्मु काश्मीरका  प्रहरी प्रमुख दिलबाग सिंहले भने, “बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केहीदिनदेखि अवरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन् ।” 

Global Ime bank

सिंहका अनुसार आइतबार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन् । - स्क्रोल डट इन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC