site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रवि लामिछानेलाई आज अदालत पेस गरिँदै, म्याद थप गरेर अनुसन्धान थालिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो ।  न्युज २४ टेलिभिजनले पनि बिहीबार नै उनी पक्राउ परेको जनाउँदै उनले सञ्चालन गर्दै आएको कार्यक्रम स्थगित भएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो ।
प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि पक्राउ गरिएको थियो ।

लामिछानेलाई उक्त कार्यक्रम प्रसारण नगर्न प्रहरीले अनुरोध गरेको स्रोतले जनायो । तर लामिछानेले आफू अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको जनाएपछि बेलुका कार्यक्रम सञ्चालन हुनुभन्दा अघि नै नियन्त्रणमा लिइएको थियो । आत्महत्या गर्नुअघि पुडासैनीले तयार पारेको भिडियोमा लामिछानेले आफूलाई फसाउन अस्मिता कार्कीलाई हतियारका रुपमा प्रयोग गरेको आरोप लगाउँदै कार्कीसँगै अष्ट्रेलिया पठाइदिने आश्वासन दिएको बताएका छन् ।

Global Ime bank

तर त्यसैलाई आधार बनाएर ‘बलात्कार अभियोग’मा फसाइदिने भन्दै लामिछानेसहितका तीनजनाले धम्की दिएको पुडासैनीले बताएका थिए ।  रविसँगै युवराज कँडेल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पुडासैनीले कँडेलको पनि नाम उल्लेख गरेका थिए ।  चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।

यसअघि उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC