site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभिसी सेन्ट्रल जोन भलिबलको तयारी पूरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
नेपाल भलिबल महासंघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको बताए । भदौ २ देखि भदौ ७ गतेसम्म हुने प्रतियोगिताका लागि अफगानिस्तान टोली नेपाल आइसकेको उनले बताए ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् । प्रतियोगिता हुनुअघि आयोजक नेपालले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेलहरु खेल्नेछ । दुबै खेल साउन ३० र ३१ गते हुने आयोजकले बताएको छ ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको खेल तालिका भने केही दिनपछि सार्वजनिक हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC