site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन झर्छ कपाल ? कसरी गरिन्छ प्रत्यारोपण ?

काठमाडाैं । पछिल्लो समय मानिसहरु बढी व्यस्त हुने हुँदा कपाल झर्ने समस्या बढी देखिने गरेको छ । कपाल झर्ने समस्या बढ्दै गएर कम उमेरमै तालुपना देखिन्छ । जसले गर्दा हिनताबोधसँगै तनावको समस्या ल्याउछ । अब त्यस्तो हिनताबोध र तनाव लिएर हिड्नुपर्ने दिन छैनन् । नेपालमा नै सस्तो मूल्यमा कपाल प्रत्यारोपण गर्न सकिन्छ । तर कपाल प्रत्यारोपण कस्तो स्थानमा गर्दैछु भन्ने कुरालाई भने ध्यान दिनैपर्छ ।

 

Dabur Nepal

सहरी क्षेत्रमा कपाल प्रत्यारोपणका बारेमा जानकारी बढ्दै गएको देखिन्छ । पछिल्लो समय धेरै मानिसहरु आफ्नो कपालको बारेमा चिन्तित देखिने गरेको पाइन्छ । चिन्तित हुनु पनि पर्छ । कपाल हाम्रो शरीरको मुल ढोका हो । हामीले अनुहारको हेरचाहमा जसरी समय दिन्छौं, त्यसरी नै आफ्नो कपालको हेरचाहमा पनि ध्यान दिनुपर्छ । प्रायःजसो कपाल झर्नेबित्तिकै धेरै महिला दिदीबहिनीहरु कपाल प्रत्यारोपण गनुप¥यो भन्दै आउनु हुन्छ । तर कपालको रोगहरुका कारण पनि कपाल झर्छ । कपाल झर्नेबित्तिकै कपाल प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन । सुरुमा कपालको चेकजाँच गर्ने, रगत, थाइराइड र हर्मोनको चेकजाँच गरेर गरिन्छ । कतिपयलाई कपाल विभिन्न समस्या आएर पनि कपाल झर्ने हुन्छ, त्यसको औषधि लिएर निको हुन्छ । 

त्यसैगरी, नेपालमा कपाल प्रत्यारोपण करिब २० वर्ष अघिदेखि नेै सुरु भएको हो । तर त्यो समयमा कपाल प्रत्यारोपणको बारेमा जानकारी थिएन । पछिल्लो करिब पाँचवर्ष यता कपाल प्रत्यारोपणको बारेमा मानिसमा जानकारी बढ्दैछ ।

कपाल प्रत्यारोपण तालुपनाको समस्या भएको अवस्थामा कपाल प्रत्यारोपण गरिन्छ । तालुपनाको समस्या देखिनुमा वंशाणुगत र तनावका कारणले नै हुन्छ । फाइबर फाइजाइट् टेस्ट इन्जाइम हाम्रो निधार र तालुको कपालको जरामा हुन्छ । यो इन्जाइमका कारण २० वर्षपछिमात्र कपाल झर्ने समस्या देखिन्छ । 

झुसजस्तो कपाल झर्दै तालुपनाको समस्या आउँछ । तालुपनाको समस्या पुरुषमा ५० देखि ६० प्रतिशतसम्म हुन्छ भने महिलामा तालुपनाको समस्या १५ देखि २० प्रतिशत हुन्छ । कपाल झर्ने तरिका फरक हुन्छ । पुरुषमा निधारमाथि सबै चिल्लो हुने हुन्छ तर महिलामा निधारमा खुइलिँदै जाने वा सिउँदोको भाग रुख आकारमा जस्तो हुँदैन, कपाल झरेर चिल्लो हुन्छ । त्यसकारण कपाल प्रत्यारोपण गरेर तालुपनाको समस्या हटाउन सकिन्छ ।

त्यसैगरी, पुरुषमा तालुपनाको समस्या हेर्ने बित्तिकै थाहा हुन्छ तर महिलामा त्यो समस्या थाहा हुँदैन । महिलाहरुमा महिनाबारीको समयमा, थाइराइड र तनावलगायतका कारण कपाल झर्ने समस्या देखिन्छ । गर्भवति, सुत्केरी र स्तनपान गराउँदा कपाल झर्ने समस्या देखिन्छ । तर यस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्नुहुँदैन । पोलेको दाग वा खतहरुमा पनि कपाल प्रत्यारोपण गरिन्छ ।

कलेजो प्रत्यारोपण गर्दा अरुबाट कलेजो लिएर गरिन्छ । मृगौला अरुबाट लिएर प्रत्यारोपण गरिन्छ । तर कपाल प्रत्यारोपण आफ्नै कपालबाट गरिन्छ । आफ्नो दारी, छाति, हातखुट्टा वा टाउको पछाडिपट्टीको भागबाट कपाल लिएर गरिन्छ ।  विश्वमा सबैभन्दा बढी कपाल प्रत्यारोपण गर्नेमा टर्की पहिलो देश हो । अमेरिकामा कपाल प्रत्यारोपण गर्न एउटा कपालको रु एकदेखि डेढ डलर पर्छ । भारतमा कपाल प्रत्यारोपण गर्दा एउटा कपालको भारतीय रुपैयाँ ४० देखि ६० पर्छ । तर नेपालमा एउटा कपाल प्रत्यारोपण गरेको ६० रुपैयाँ पर्छ । 

जुन नेपालमा अन्य देशको तुलनामा धेरै कम छ । कपाल जति प्रत्यारोपण गरिएको हुन्छ पछि त्यति नै पलाउँछ । प्रत्यारोपण गरिएको कपाल, काट्न सकिन्छ लामो बनाएर पाल्न सकिन्छ । कुनै समस्या आउँदैन । एकजना मानिसमा कपाल प्रत्यारोपण गर्न करिब १० देखि १६ घण्टा समय लाग्ने गर्छ । विगत पाँच वर्षयता मकहाँ कपालको समस्या लिएर दैनिक ३० देखि ४० जनासम्म बिरामीहरु आउनुहुन्छ । तर यस्तो कपालको समस्या लिएर आउनेमा महिला बढी छन् । तर कपाल प्रत्यारोपण गर्नेमा पुरुष बढी छन् । कतिपय पुरुषमा तनावको कारणले पनि तालुपनाको समस्या देखिन्छ । 

प्रायःजसोको मानिसको बानी दिनहुँ कपाल नुहाउने हुँदैन । तीन दिनपछि नुहाउँदा तीनसय वटा कपाल झर्नु सामान्य हो । त्यो कपाल झरेको होइन । तर कोही–कोही महिला दिदीबहिनीहरु डरले तनाव लिएर आउनुहुन्छ, “मेरो कपाल धेरै झर्छ भन्दै उपचारका लागि आउनुहुन्छ ।” तर कपाल झरेको हँुदैन, हामीले आफैँ झारेका हुन्छाँै । कसरी झारिएको भन्ने प्रश्न पनि आउने गर्छ ? हामीले कपाललाई बढी हेरचाह गर्दा गरेर वा कपालको हेरचाह नगरेर कपाल झर्ने हुन्छ ।

कपाल नुहाउँदा पूरै कपाल माडेर धुने चलन छ । हामीले प्रयोग गर्ने स्याम्पूमा केमिकल हुन्छ । जसले कपाललाई कडा बनाउँछ हाम्रो कपाल टुक्रिन्छ । प्रायः जसोको कपाल नुहाइसकेपछि अझ टाबेलले रगेटेर वा झट्कारेर सुकाउने बानी हुन्छ । अझ कतिपयले कपालको मसाज गर्छन्, त्यसले पनि कपाल झर्छ वा टुक्रिन्छ । कपालमा केमिकल भएको हेयर कलरले हाम्रो कपाल अझ टुक्राउने गर्छ । त्यस कारण हामीले हाम्रो कपालमा केमिकलको प्रयोग कम गर्यौँ त्यति नै कपाल स्वस्थ्य हुन्छ । कपालमा गन्ध र रङरहित तेलको प्रयोग गनुपर्छ । 

अनियन्त्रण मधुमेह, थाइरोइड, रक्तचाप, मासु पलाउने समस्या भएको, कपालको संक्रमण, कपाल निकाल्ने समस्या छ भने कपाल प्रत्यारोपण गर्नुहँुदैन । कपालको संक्रमण छ भने कुन प्रकारको संक्रमण हो  त्यसको उपचार गरेर मात्र प्रत्यारोपण गर्नुपर्छ । अन्त्यमा, कपाल प्रत्यारोपण गर्ने चिकित्सकमा कपालसम्बन्धि राम्रो जानकारी हुनु आवश्यक छ भने जहिले पनि कपाल प्रत्यारोपण गर्नुभन्दा अघि गरिने जाँचको बारे जानकारी हुनुपर्छ । 

(धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. कर्णसँग बाह्रखरी संवाददाता सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro