site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा दुई वटा चितुवा मृत फेला
फाइल तस्बिर ।

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए ।

प्रमुख शालिण्यका अनुसार अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । चितुवाको मृत्युका कारण खुल्न नसकेको उनले बताए ।

Dabur Nepal

स्थानीयले बारीमा मृत चितुवा देखेपछि तत्काल वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयको टोलीले चितुवाको मृत्युका कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro